के-के भयो नेकपा सचिवालय बैठकमा ? (भित्री यथार्थ कुरा) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 2, 2020

के-के भयो नेकपा सचिवालय बैठकमा ? (भित्री यथार्थ कुरा)


२० वैशाख, काठमाडौं । सचिवालय स्रोतका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले छोटो सम्वोधन गरे । उनले अहिलेसम्म जे-जे तीतामीठा भए, त्यसलाई बिर्सिन र मिलेर अगाडि बढ्न प्रस्ताव गरे । ‘म पार्टीको अध्यक्ष पनि हुँ, सरकारको नेतृत्व पनि मैले नै गरेको हुनाले अहिलेसम्म जेजस्ता कमजोरीहरु भए, त्यसको जिम्मा मैले लिनैपर्छ,’ बैठकमा आत्मालोचना गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मिलेर जानुको विकल्प छैन । यो पार्टीलाई कुनै पनि हालतमा फुट्न दिनु हुन्न ।’ प्रधानमन्त्रीले यति भनिसकेपछि अर्का अध्यक्ष प्रचण्ड बोले । बुधबारको बैठकमा कडारुपमा प्रस्तुत हुँदै ‘म भएको भए प्रधानमन्त्रीबाट राजीनामा दिइसक्ने थिएँ’ भनेका प्रचण्ड शनिबार भने त्यसरी प्रस्तुत भएनन् ।


प्रधानमन्त्री ओलीले जस्तै कार्यकारी अध्यक्ष प्रचण्डले पनि सहमतिका साथ अगाडि बढ्नुपर्ने बताए । साथै अब स्थायी कमिटी बैठक राख्ने र त्यहाँ छलफल गरेर अगाडि बढ्नुपर्ने धारणा प्रचण्डले बैठकमा राखे । दुबै अध्यक्षले सहमतिमा जाने कुरा गरिसकेपछि वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीबाट आत्मालोचित हुने र पार्टीलाई एकतावद्ध बनाउने प्रस्ताव सही भएको बताए । तर, स्थायी कमिटीको बैठक बोलाउनैपर्नेमा उनले जोड दिए । नेता माधवकुमार नेपाल भने दुबै अध्यक्षको कुरामा खासै ढुक्क देखिएनन् । बैठकको परिदृश्यबारे जानकारी दिँदै सचिलालयका एक सदस्यले अनलाइनखबरसँग भने, ‘प्रचण्डजी नरमरुपमा प्रस्तुत हुनुभयो, तर माधव कमरेडमा भने अझै पनि केही आशंकाहरु देखिए ।’


माधव नेपालले प्रधानमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिने बताएको स्रोतको भनाइ छ । दुबै अध्यक्षले सहमतिका साथ अगाडि बढ्नुपर्ने बताएपछि उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीप्रति समर्थन जनाए । साथै उनले पार्टीमा गुटबन्दीको अन्त्य गर्नुपर्ने बताए । अर्का नेता ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पनि पार्टीलाई एकतावद्ध बनाउनुपर्ने बताउँदै प्रधानमन्त्रीको भनाइमा समर्थन जनाए । अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलले पार्टीमा रुपान्तरण जरुरी भएका बेला राम्रो निर्णय आएको बताए ।


पार्टीका प्रवक्तासमेत रहेका अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकताको उद्देश्य पूरा गर्ने ढोका फेरि खुलेको बताए । तर, पार्टीमा फुटको तरंग कसले र कसरी ल्यायो भनेर प्रश्न गरे । भैंसेपाटीमा बसेको बैठकमा राजनीतिक दल फुटाउन सहज बनाउने अध्यादेश फिर्ता लिन लगाउने र नमाने स्थायी कमिटी बैठक राखेर भए पनि फिर्ता गराउने निर्णय भएको स्मरण गर्दै श्रेष्ठले बैठकमा भने, ‘तर केपी कमरेडलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन लगाउने सन्देश कहाँबाट सम्प्रेषण भयो ?’

नेतृत्वको बोली छिनछिनमा किन फेरियो भन्ने प्रश्न गर्दै श्रेष्ठले अब व्यक्तिस्वार्थ केन्द्रित पार्टी संघर्षको औजार बनाउने बैठकहरुमा भाग नलिने घोषणा बैठकमा गरेको एक सचिवालय सदस्यले जानकारी दिए ।


The post के-के भयो नेकपा सचिवालय बैठकमा ? (भित्री यथार्थ कुरा) appeared first on .



from https://ift.tt/3d6N1GP

No comments:

Post a Comment

Pages