एकदिवसीय खोज पत्रकारिता तालिम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 2, 2020

एकदिवसीय खोज पत्रकारिता तालिम सम्पन्न

  • – मनोज भट्टराई 

लिस्बन – नेपाल पत्रकार महासंघ पोर्तुगल शाखा र बेल्जियम शाखाको संयुक्त आयोजनामा एकदिवसीय खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट १० देशमा बसोबास गर्ने ३८ जनाले उक्त तालिममा सहभागिता जनाएका थिए । शाखाले यस अगाडि पनि प्रवासमा पत्रकारिता बिषय तालिम सम्पन्न गरिसकेको छ ।


खोज पत्रकारिता केन्द्र नेपालका सल्लाहकार तथा निवर्तमान अध्यक्ष नम्रता शर्मा र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक शिब गाउलेले सहजिकरण गरेका थिए । खोज पत्रकारिता के हो, सामन्य पत्रकारिता र खोज पत्रकारिता बिच फरक र यसका सिमा के के हुन, कस्ता बिषय बस्तु छनौट गर्ने नेटवर्क कस्तो हुनुपर्छ, सुरक्षित पत्रकारिता गर्ने तरिका अन्तर्वार्ता लिने शैली र प्रवासमा रहेर कसरी पत्रकारिता गर्ने लगायतका बिषयहरुमा सहजीकरण गरेका थिए । प्रशिक्षणमा सहभागीहरूले राखेको जिज्ञासा मेटाउदै द्धय सहजकर्ताहरुले खोज पत्रकारिता एउटा चुनौती काम भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले शुभकामना मन्तव्य दिएका थिए ।

The post एकदिवसीय खोज पत्रकारिता तालिम सम्पन्न appeared first on .



from https://ift.tt/2W08kEl

No comments:

Post a Comment

Pages