अनलाइन शिक्षाका नाममा बालबालिकालाई मानसिक दबाबमा नपार : मानव अधिकार आयोग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 7, 2020

अनलाइन शिक्षाका नाममा बालबालिकालाई मानसिक दबाबमा नपार : मानव अधिकार आयोग

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले अनलाइन शिक्षाका नाममा आधारभूत तहका लाखौं बालबालिकालाई मानसिक दबाबमा नपार्न शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालकहरूलाई आह्वान गरेको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी विद्यार्थी तथा अविभावकहरूसँगको परामर्श र न्यूनतम तयारीबिनाको अनलाइन शिक्षाबाट आधारभूत तहका बालबालिकाहरूमाथि मानसिक दबाब पर्ने भएकाले त्यसतर्फ विशेष ध्यान पुर्‍याउन आग्रह गरेको छ ।

आयोगले विदेशमा अलपत्र नेपाली विद्यार्थी, आप्रवासी कामदार, कामको सिलसिलमा विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउने वातावरण तयार गर्नसमेत सरकारलाई भनेको छ । आयोगले विज्ञप्तिमा कोरोना भाइरसबाट संक्रमितबाहेक अरू बिरामीको उचित औषधोपचारको व्यवस्था हुन नसकिरहेकामा चिन्ता व्यक्त गर्दै त्यसप्रति गम्भीर हुन सरकारलाई निर्देशन दिएको छ ।

विज्ञप्तिमा प्रकोप फैलिन नदिन निषेधित तथा सिल गरिएका क्षेत्रका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा शिशुहरूको आधारभूत आवश्यकतामा विशेष ध्यान पुर्‍याउनसमेत सरकारको ध्यानाकर्षण गराइएको छ ।


आयोगले देशव्यापी अनुगमनका क्रममा विभिन्न क्षेत्रमा खाद्यान्न अभाव भएको, राहत वितरण व्यवस्थित हुन नसकेको र दैनिक श्रम गरी जीवनयापन गर्ने व्यक्तिहरूको जीवनयापनमा समस्या रहेको पाइएको उल्लेख गर्दै सबैलाई खाद्यान्नको सुनिश्चितता गरी जीवनको अधिकार रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।


आयोगले देशभरका क्वारेन्टाइनमा रहेका व्यक्तिहरूका लागि मौसम अनूकूलका ओढ्ने, ओछ्याउने, सरसफाइका लागि आवश्यक शौचालय, पानी, औषधि र खाद्यान्नको उचित प्रबन्ध गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

आयोगले कोरोना संक्रमण पत्ता लगाउनका लागि आरडीटी प्रविधि भरपर्दो नभएकाले पीसीआर परीक्षणको लागि पर्याप्त उपकरणको व्यवस्था गर्न, संक्रमित क्षेत्रमा पीसीआर परीक्षणलाई तीब्रता दिन तथा अस्पतालहरूमा पर्याप्त पीपीई व्यवस्था गर्नसमेत भनेको छ ।


आयोगले अन्तर्राष्ट्रिय सीमा नाकाबाट रातदिन लुकिछिपी प्रवेश गर्ने मानिसहरूलाई नियन्त्रण गर्न र सवारी साधनमा भइरहेको अव्यवस्थित आवतजावत र भीडलाई रोक्नसमेत सरकारलाई आग्रह गरेको छ ।

आयोगले अनुगमनका क्रममा देशभर लकडाउन प्रभावकारी नभएको पाइएको उल्लेख गर्दै कडाइका साथ पालना गर्नरगराउन तीनवटै तहका सरकारलाई आग्रह गरेको छ ।

The post अनलाइन शिक्षाका नाममा बालबालिकालाई मानसिक दबाबमा नपार : मानव अधिकार आयोग appeared first on .



from https://ift.tt/2YEbMWV

No comments:

Post a Comment

Pages