नेपालमा एकै दिन १४ जनामा COVID-19 संक्रमित पुष्टि ! - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, April 17, 2020

नेपालमा एकै दिन १४ जनामा COVID-19 संक्रमित पुष्टि !


बैशाख ६ गते । काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० जना पुगेको छ । आजमात्रै थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चितवनका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । ‘हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३० पुगेको छ । जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ ।  जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केस (पुरुष, २७ र महिला ६३ वर्षीया) रहेका छन्’, मन्त्रालयले भनेको छ ।

यसअघि नै १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार उदयपुरमा सर्वाधिक धेरै १२ जना, काठमाडौँमा ५, कैलालीमा ४, पर्सामा ३, चितवन र बाग्लुङमा २–२ तथा कञ्चनपुर र रौतहटमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँका एक जना स्वस्थ भइसकेका छन् ।

The post नेपालमा एकै दिन १४ जनामा COVID-19 संक्रमित पुष्टि ! appeared first on .



from https://ift.tt/2VCNRE3

No comments:

Post a Comment

Pages