विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमणको सन्त्रासबाट नेपालका हिमाली आदिवासीहरु मुक्त रहेको पाइएको छ । भौगोलिक अवस्थिति, वासास्थान र परम्पराअनुसार पेसा, व्यबसाय गर्ने भएकाले हिमाली आदिवासीमा कोरोना भाइरसको जोखिम अत्यन्त न्यून रहेको आदिवासी सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।
हिमाली आदिवासीहरुको बसोबास शहरी क्षेत्रबाट धेरै टाडा रहेको छ । यहाँ बाहिरका मानिसले कोरोना लिएर आउने संभावना कम छ ।’ वालुङ सेवा समाजका अध्यक्ष सोनाम लामाले बताउनु भयो– ‘हिमाली आदिवासी वालुङहरु ताप्लेजुङको लेलेप, ओलाङचुङगोला र याम्फुदिन क्षेत्रमा बसोबास गर्छन । कन्चञ्जंघा हिमालको फेदीमा बस्ने हाम्रा वालुङहरुको अन्य समूदायसंग भेटघाट दुरुह हुन्छ । फेरि अहिलको लकडाउनमा बाहिरका मानिस यहाँ आउन पनि प्रतिबन्ध गरिएको छ ।
पूर्बको कन्चन्जंघा देखि पश्चिमको हिमालको हिमरोखामा ल्होमी, सियार, थामी, भोटे, डोल्पो, तोप्केगोला, फ्रि, मुगाल, लार्के, ल्होपा, वालुङ, छैरोतन, ताङ्वे, थकाली, शेर्पा , जिरेल, ह्योल्मो लगायतका आदिवासीहरुको मूख्य बसोबास रहेको छ । आदिवासीको वर्गिकरण अनुसार हिमाली आदिवासीहरु अति सीमान्तीकृत समूदायमा पर्छन् । तथापि परम्परा, तथा आफनो संस्कृतिलाई भने बचाउन सफल भएका छन् । पशुपालन र कृषिलाई मूख्य पेसा बनाएका हिमाली आदिवासीहरुमा कोरोना भाइरसको संभावित जोखिमको हल्लाले खासै प्रभाव नपारेको सम्बन्धीत समूदायको भनाई छ ।
हाम्रा समुदाय (भोटे समुदाय)का मानिसहरु भेडा, चौरी चराउन हिमालतिर लागेका छन् । चौरी तथा भेडीगोठमा हत्तपत्त बाहिरका मानिस पुग्न सक्दैनन् । यसकारण हिमाली आदिवासीमा कोरोना संक्रमणको संभावना थोरै छ ।’ बाजुरामा मूख्य कार्यलय रहेको नेपाल भोटे जनजाति सेवा समितिका अध्यक्ष गम्भीर सिंह गुरुङले भन्नु भयो–‘यतिबेला देश बिदेश घुमेर फर्केका आफना र अन्य बाहिरया मानिसलाई समुदायमा प्रबेश गर्ने अनुमति पनि छैन ।
हिमाली आदिवासीका लागि तत्कालका लागि खाद्यन्न अभाव नहुने पनि उहाँहरुको तर्क थियो । ‘हिमाली आदिवासीहरुमा खाद्यन्न सञ्चय गर्ने परम्परा छ । गत बर्षको हिउँदमा नै बर्षभरीका लागि पुग्ने खाद्यन्न उहाँहरुले सञ्चित गरिसक्नु भएको छ ।’ भोटेजातिसंग सम्बन्धीत जातीय संस्थाका अध्यक्ष गुरुङका अनुसार यो परम्परा जिवित भएकाले अहिलेका लागि हिमाली आदिवासीमा खाद्यसंकट अहिलेका लागि छैन ।
वालुङ सेवा समाजका अध्यक्ष लामा पनि हालका लागि हिमाली आदिवासीमा खाद्य संकट नहुने भनाईमा सहमति व्यक्त गर्नू हुन्छ । ‘हिमाली आदिवासीहरु धान चामलमा निर्भर समूदाय होइन, हाम्रा पुर्खाले बन जंगल र भीर पाखामा उत्पादन हुने खानेकुरा खानका लागि हामीलाई सिकाएका छन् । हाम्रा समुदाय तत्कालका लागि त्यही खाएर बाच्छन् । शहर बजारमा जस्तो हरेक दिन खानेकुरा खोजेर हिड्नु पर्ने समस्या हिमाली आदिवासीमा छैन ।
तथापि बसाई सरेर शहर वा सुगम क्षेत्रमा बसोबास गर्ने हिमाली आदिवासीमा भने खाद्यन्न लगायतका बिषयमा समस्या रहेको उहाँहरुको टिप्पणी छ । आफनै थातथलोमा बस्नेका लागि कुनै समस्या नभए पनि शहर बजारमा बसाई सर्नेका लगि समस्या हुन सक्ने सियार समाज कल्याण केन्द्रका अध्यक्ष निमा लामाको अनुमान छ । ‘सियारहरु गोर्खाको उत्तरी भेग चुम उपत्यकामा बसोबास गर्छन् । त्यहाँ हालका लागि खाद्यन्नको कुनै समस्या छैन ।’ लामाले थप्नु भयो –‘हिमालमा पाइने जडिबुटी हिमाली आदिवासीको तागतिलो खाना हो ।
-कुमार यात्रु तामाङ (indigenous voice)
The post कोरानोबाट हिमाली आदिवासीहरु सन्त्रासमुक्त appeared first on .
from https://ift.tt/3baofFf
No comments:
Post a Comment