नेपालमा कोरोना संक्रमित ४२ जना पुग्यो । एकै दिनमा ११ जना थपिए । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 21, 2020

नेपालमा कोरोना संक्रमित ४२ जना पुग्यो । एकै दिनमा ११ जना थपिए ।

बैशाख ९, काठमाडौं । एकै दिन कोरोनाभाइरस (कोभिड १९) संक्रमण थप ११ जना पुष्टि भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा ५ जना भने निको भएर घर फर्किसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका ११ जनामा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आजै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप ३ जनामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। आजको परीक्षणबाट पुष्टि भएकामा ९  पुरुष २ महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण गर्दा यी संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै उदयपुरमामात्रै  कोरोनासंक्रमितको संख्या २४ जना पुगेको छ  ।

The post नेपालमा कोरोना संक्रमित ४२ जना पुग्यो । एकै दिनमा ११ जना थपिए । appeared first on .



from https://ift.tt/34UZURo

No comments:

Post a Comment

Pages