दक्षिण कोरियाद्वारा प्रतिबन्ध फुकवा गर्ने घोषणा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 19, 2020

दक्षिण कोरियाद्वारा प्रतिबन्ध फुकवा गर्ने घोषणा

एजेन्सी । दक्षिण कोरियामा सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने घोषणा गरेको छ । विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको कोरियाली स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराएको विवरणमा जनाइएको छ ।

दक्षिण कोरियामा दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो । आइतबार थप सङ्क्रमित आठ व्यक्तिमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ । यहाँ सङ्क्रमितको सङ्ख्या १० हजार ७०० पुगेको छ भने २३४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले लकडाउन नलगाईकनै कोभिड–१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा राख्न सफल भएको छ । कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापक रूपमा अवलम्बन गरेको थियो । राष्ट्रपति मुन जाए–इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड–१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताएका छन् । दक्षिण कोरियाली गिर्जाघर, मदिरालय र व्यायामशालाहरू सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने घोषणा गरेसँगै खुल्नेछन् । तर तिनले आगामी महिनाको आरम्भसम्म व्यक्तिगत दूरीसम्बन्धी नियम पालना गर्नुपर्नेछ ।

यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो । उक्त अवधि आइतवार सकिएको छ । व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ । एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन् । तत्काल विद्यालय तथा कलेजहरू खोल्ने सम्बन्धमा कुनै निर्णय गरिएको छैन ।

The post दक्षिण कोरियाद्वारा प्रतिबन्ध फुकवा गर्ने घोषणा appeared first on .



from https://ift.tt/3eAMQFl

No comments:

Post a Comment

Pages