पोर्तुगलमा नेपाली दूतावासको माग ! प्रयास की प्रवृत्ति ? - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, February 27, 2020

पोर्तुगलमा नेपाली दूतावासको माग ! प्रयास की प्रवृत्ति ?

बिगत लामो समय देखी पोर्तुगलका हामी सोझा बबुरा नेपालीहरुलाई दुतावासको ललिपप बाड्नेहरुको भिड उन्मातमा छ। कसैले आफ्नो दामको दममा ललिपप बाडेका छन्, कसैले नियम कानुनको हल्लामा बाडेका छन्, कसैले चम्चे पहुँचको बतख्वाईमा बाडेका छन्, कसैले तथा कथित बलियो संगठनको आडम्बरमा बाडेका छन्, अवैतानिकले ल–ल र पख–पखको भाषामा बाडेका छन्, NRNA ले भोट माग्न मुल मुद्दा बनाएर बाडेका छन्, क.पा. ले सत्ता मत्ताको दममा बाडेका छन्, ने.का.ले पुर्खौलि पहुँचको दममा बाडेका छन्, समाजसेवी, अगुवा, बुद्धीजिविहरु आ-आफ्नै तालको डम्फु बजाएर बाडेका छन्। अनी हामी बबुरो अनेक तालको डम्फुमा बेताल संग नाचेका छौं। एक आपसमा यो र त्यो भन्दै कनी कनी बाझदै छौं । आखिर भएको के छ???

सर्वप्रथम यो बैदेशिक उजाड्ताको दलदलमा फस्न बाध्यबनाउने मुल तत्व चरम पुँजिवादको दलाल गर्ने नेपालको राजनैतिक व्यावस्था र त्यसका संरक्षकहरुनै हुन् । जब सम्म यि दलालहरु सत्तामा रहेर यो दलाल व्यावस्था संरक्षण गरिरहने छन् तब सम्म हाम्रो यो हालत परिवर्तन हुनेवाला छैन । तर यसको बावजुध आंशिक उपयोगको अपेक्षामा नेपालीहरुले देशले कुटनैतिक सहजताको माग गर्नु नैसर्गिक कुरा हो।

करिव ३०/३५ हजार हाराहारी नेपाली बसोबास गर्ने यो पोर्तुगलमा मुख्यतः आम नेपाली जनताले नेपाल सरकारको प्रत्यक्ष अभिभावकत्व खोजिरहेको छ। यहाँका अदृष्य र झन्झटीला कष्ठहरु झेल्दै गर्दा आफ्नो राज्यले नागरिकलाई गर्नुपर्ने सामान्य कुटनैतिक कामहरु पनी विभिन्न दलालहरुलाई मोटाउनुपर्ने बाध्यकारी अवस्था बाट केही हद सम्म उनमुक्ति हुन चाहन्छन् यहाँ स्थित नेपाली जनता। रोगले व्याकुल भएका बिरामीहरु आफ्नो राज्यको पहलमा आवश्यक परामर्श र निगरानी चाहन्छन्। मृत्यु बेहोरेकाहरुको आफन्तले शव पाउने उचित र सुनिश्चित बाटो खोजेका हुन्। नेपाल राज्यले पोर्तुगल राज्य संग कुटनैतिक पहल गरेर कमसेकम नेपालमा पोर्तुगल सरकारको डेक्स सम्म भएपनि VFS मा व्यावस्थापन गरोस् भन्न चाहन्छन् । तर विडम्बना यहाँ दुतावास ल्याउने प्रयास भन्दा पनि आ–आफ्नो दम र प्रभाव देखाउने प्रवृतिले गहिरो जरो गाडेको छ।

विगत केहि बर्ष यता यहाँका विभिन्न व्यक्ति, संगठन र समुहहरुले अनेकौं पटक आ–आफ्नो लयका विज्ञप्ति लिएर नेपाल सरकार समक्ष बुझाउने काम हुदै अएको छ । तर यसको ठोस केहि निष्कर्ष निस्कीएको छैन। न नेपाल राज्यले यो बारे सुनवाई गरेको देखिन्छ, न यहाँका विज्ञप्तिधारीहरुले दुतावारको नारा फुक्न छोडेका छन् । यसरि व्यक्ति पिच्छे विज्ञप्ति दिदै हिड्नु यहाँका संघ–संगठन र समुहहरुको पहुँच र पावरको प्रदर्शनी मात्र हो भन्ने देखिन्छ । आजकल सामाजिक संजालमा भाईरलिकरणको चरमता छ। त्यो चरमतामा अनेक बहानामा चम्किन आतुर छन् पहुँचवाला व्यक्तिहरु। विज्ञप्ति बुझाउदाको फोटो सामाजिक संजाल रंग्यायर रमिते जो बन्नु छ यहाँ । हत्तन पत्त विज्ञप्ति बनायो आफ्नो पहुँचको नेता सर्कलबाट सरकार समक्ष पुग्यो, विज्ञप्ति थमायो अनि कार्यप्रगति तयार पार्‍यो । यस बाहेक अरु के उपलब्धि भएको छ यस सम्बन्धमा ? यो पाराले न यहाँ दूतावास आउने छ, न नेपाल राज्यले गम्भिर तरिकाले यो बिषयलाई हेर्नेछ।

यदि सही मानेमा दूतावासको पहल गर्नेहो भने यहाँको अवैतानिक वाणिज्य दूतावासले सर्व पक्षिय बैठक र छलफलको आव्हान गरियोस, त्यसबाट सर्वमान्य समिती बनाईयोस्, उच्चतम र प्रभावकारी विज्ञप्ति तयार पारियोस् र विना कसैको प्रभावमा उक्त समितीले नेपाल सरकार संग दुतावासको माग राखियोस्। तब मात्र यस पहल र प्रयासको उचित निचोड निस्कने छ। होईन भने यो बजारी हल्ला र आ–आफ्नो दवदवाह देखाउने परिपाटी बाहेक केही हुनेवाला छैन ।

पोतुगलमा नेपाली दूतावास की, नेपालमा पोर्तुगलको डेक्स ???

यसको सामान्य उत्तर दुबै देशमा हुनुपर्दछ भन्ने हो। होला तुलनान्मक रुपमा कुनै एक ठाँउको आवश्यक बडि होला तर मुल कुरा हामी नेपाली नागरिक हौं, यस हिसाबले हाम्रो जोड नेपाल राज्यलाई कुटनैनिक पहल गर्न माग गर्नु हो। त्यो कुटनैतिक पहल गर्न नेपाल सरकारको प्रत्यक्ष यहाँ उपस्थित हुनु पर्दछ र उसले यहाँको राज्य संग पहल गनु पर्दछ। जब नेपाल राज्यको यहाँ प्रत्यक्ष उपस्थिति हुन्छ तब उसले यहाँको राज्य संग आफ्नो कुटनैनिक सम्बन्ध विस्तार गदै नेपालमा पोर्तुगल राज्यको उपस्थिति गराउन पहल गर्ने छ ।

तर यि कुरा केवल कुरामा मात्रै हुन्। यहाँ सबैलाई आ–आफ्नो पहुँच र पावर देखाउनु छ। यो दम्भ दूतावासको लागि प्रयास होइन भाईरलिकरणको प्रवृति मात्र हो।

The post पोर्तुगलमा नेपाली दूतावासको माग ! प्रयास की प्रवृत्ति ? appeared first on .



from https://ift.tt/38cdUX6

No comments:

Post a Comment

Pages