सिड्नीमा ग्ल्यापो ल्होसार भव्य हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 15, 2020

सिड्नीमा ग्ल्यापो ल्होसार भव्य हुने

सिड्नी, सिड्नीमा ग्ल्यापो ल्होसार भव्य रुपमा मनाइने भएको छ । शेर्पा एसोसिएसन अफ न्यू साउथ वेल्सको आयोजना ग्ल्यापो ल्होसार (चिवालो २१४७) मनाइने भएको हो । रकडेलको इन्द्रेणी फङसन सेन्टरमा मार्च ८ आइतबारका दिन कार्यक्रम आयोजना गरिने एसोसिएसनका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए ।

कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ । कार्यक्रममा सांस्कृतिक नृत्य, खानाको परिकार र भेषभूषाको प्रस्तुति रहनेछ । कार्यक्रमलाई स्थानीय कलाकारले सांगीतिक माहोल बनाउने छन् । यसपटकको ग्ल्यापो ल्होसारलाई व्यापक बनाउने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले भने, यसपटक कार्यक्रमको प्रचार तथा तयारी राम्रो भएकोले पहिला बर्ष हरु भन्दा ठुलो सन्ख्यामा शेर्पालगायत नेपाली समुदायको सहभागिता हुनेछ । यसअघिका कार्यक्रममा पनि डेढ दुई जनाको सहभागिता भइरहेकै थियो । यसपटक अझ व्यापक बनाउने तयारीमा जुटेका छौं ।

अध्यक्ष शेर्पाले दिएको जानकारी अनुसार सिड्नीमा सन् २००८ देखि नै ग्ल्यापो ल्होसार मनाउन थालिएको हो । त्यसबेला शेर्पा किदुग नाममा ल्होसार मनाइन्थ्यो । सन् २०१९ देखि किदुगलाई एसोसिएनमा रुपान्तरण गरिएको हो । नयाँ पुस्तालाई शेर्पा संस्कृति हस्तान्तरण गर्दै जाने र शेर्पा समुदायको चाँडमा भेला भएर पर्व मनाउने उद्देश्यले प्रवाशमा पनि ग्ल्यामो ल्होसार मनाउने परम्परा बसालिएको अध्यक्ष शेर्पाले बताए ।

The post सिड्नीमा ग्ल्यापो ल्होसार भव्य हुने appeared first on .



from https://ift.tt/2Sspd8Q

No comments:

Post a Comment

Pages