महिलालाई नेतृत्व सुम्पेर सशक्त कार्यसमिति गठन गर्दै सकियो शे.सो.पो. को पाँचौ अधिवेशन । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 26, 2019

महिलालाई नेतृत्व सुम्पेर सशक्त कार्यसमिति गठन गर्दै सकियो शे.सो.पो. को पाँचौ अधिवेशन ।

२६ डिसेम्बर/लिस्बान – शेर्पा सोसाईटी पोर्तुगलको पाँचौ अधिवेशनबाट श्रीमती निमल्हमु शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका छन । गत मंगलबार पोर्तुगलको लिस्बनमा आयोजना भएको अधिवेशनबाट ईतिहासमै पहिलो पटक संस्थाले महिला नेतृत्व पाएको छ । नयाँ कार्यसमितिमा निर्वाचित भएका अधिकांश मुख्य पदहरुमा पनि महिला नै रहेका छन । जसमा वरिष्ठ उपाध्यक्षमा श्रीमती आङ छिरिङ शेर्पा, महासचिवमा श्रीमती ल्हाक्पा छोटी शेर्पा र कोषाध्यक्षमा श्रीमती फुर्वा फुटी शेर्पा रहेकी छन । त्यसै गरी नयाँ कार्यसमितिको २ जना उपाध्यक्षमा आङ छिरिङ शेर्पा र छिरिङ शेर्पा, सचिवमा सोनाम शेर्पा कोसिश र छिरिङ शेर्पा निर्वाचित भएका छन भने सहकोषाध्यक्षमा आङ निमा शेर्पा, सदस्यहरुमा पासाङ शेर्पा, कर्मा शेर्पा, दावा शेर्पा, छिरिङ याङडी शेर्पा, डोल्मा शेर्पा (सुमी), फुर्वा शेर्पा, कुसाङ शेर्पा, ल्हाक्पा याङजी शेर्पा, मिङमार शेर्पा, मिङमा तेण्डु शेर्पा र तेन्जी शेर्पा निर्वाचित भएका छन ।
महिलाको नेतृत्वमा बनेको उक्त नयाँ कार्यसमितिका अधिकांश पदाधिकारी सदस्यहरु अधिकांश यसभन्दा अगाडी पनि विभिन्न संस्थाहरुमा रहेर अनुभाव संगालेकाहरु रहेका छन । जसमा अध्यक्ष स्वयं श्रीमती निमल्हमु शेर्पा नेपाल शेर्पा विद्यार्थी मञ्चका उपाध्यक्ष र शेर्पा सोसाईटी पोर्तुगलका कोषाध्यक्ष पदमा रहेका काम गरिसकेकी छिन । वरिष्ठ उपाध्यक्ष श्रीमती आङ छिरिङ शेर्पा पनि हिमालयन शेर्पा सांस्कृतिक केन्द्र काठमाण्डौंका सचिव र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलका अध्यक्ष पदमा रहेका काम गरिसकेको अनुभवी हुन भने महासचिव श्रीमती ल्हाक्पा छोटी शेर्पा पुनः महासचिव पदमा निर्वाचित भएकी हुन । उनी हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलको महासचिव पनि हुन । यसरी निर्वाचित हुनेहरुमा उपाध्यक्ष आङ छिरिङ शेर्पा पनि हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलका उपाध्यक्ष हुन भने उनी बौद्ध शिक्षा अध्यक्ष गरेको हुनाले शेर्पा समूदायका धार्मिक गतिविधिहरुमा विशेष ज्ञान राख्दछन । त्यसैगरी अर्का उपाध्यक्ष छिरिङ शेर्पा, अघिल्लो कार्यसमितिका सहकोषाध्यक्ष र शेर्पा संघ यूरोपका वर्तमान सदस्य समेत हुन भने सचिव पदमा निर्वाचित सोनाम शेर्पा कोसिस पनि हिमालयन शेर्पा सांस्कृतिक केन्द्र काठमाण्डौका सचिव, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलका उपाध्यक्ष र एक चर्चित गायक पनि हुन । अर्का सचिव छिरिङ शेर्पा पनि गायक हुन, उनी शेर्पा सांगीतिक संघका अध्यक्ष समेत थिए । त्यसैगरी सहकोषाध्यक्षमा निर्वाचित आङ निमा शेर्पा, र सदस्यमा निर्वाचित पासाङ शेर्पा क्रमशः शेर्पा किदुग पोल्याण्डका संस्थापक अध्यक्ष र निवर्तमान अध्यक्ष हुन ।
यसरी अगाडी पनि विभिन्न संघ संस्थाहरुमा रहेका काम गरिसकेका अनुभवी पदाधिकारी सदस्यहरु समेत सहभागी रहेर बनेको कार्यसमिति आफैमा सशक्त टिम हुने सबैले अनुमान गरेका छन ।

शेर्पा सोसाईटी पोर्तुगलको नाम शेर्पा किदुग पोर्तुगलमा रुपान्तरित
शेर्पा सोसाईटी पोर्तुगलको नाम शेर्पा किदुग पोर्तुगलमा रुपान्तरित भएका छन । सन २००९ मा स्थापना गर्दा यूरोप शेर्पा किदुगको रुपमा स्थापना भएपनि पछि शेर्पा संघ यूरोपको गठन भएपछि शेर्पा किदुग पोर्तुगल रहन गएको थियो । त्यसपछि विचमा संस्थाको नाम परिवर्तन गरेर शेर्पा सोसाईटी पोर्तुगल प्रयोगमा ल्याए । तर संसारभरीका अधिकांश शेर्पाहरुको सामाजिक संस्थाको नामहरु शेर्पा किदुग नै भएको, पोर्तुगलमा पनि सोही नाम नै बढी प्रयोग हुने साथै उक्त नाम शेर्पा भाषामा नै भएको नाम समेत भएको उक्त नाम नै राख्नु उपयुक्त हुने भन्दै निवर्तमान अध्यक्ष ओङगेल लामा शेर्पाले प्रस्ताव गरेपछि अधिवेशनको बन्दसत्रबाट संस्थाको नाम शेर्पा किदुग पोर्तुगल राख्ने उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको थियो ।

The post महिलालाई नेतृत्व सुम्पेर सशक्त कार्यसमिति गठन गर्दै सकियो शे.सो.पो. को पाँचौ अधिवेशन । appeared first on .



from https://ift.tt/2t1oYr9

No comments:

Post a Comment

Pages