नेपाल शेर्पा संघमा ए.डी. लामा शेर्पाको स्वर्णकाल - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 19, 2019

नेपाल शेर्पा संघमा ए.डी. लामा शेर्पाको स्वर्णकाल

हिजो मात्रै काठमाण्डौंमा नेपाल शेर्पा संघको साबिक केन्द्रीय कार्यलय अर्थात संघीय कार्यालयको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सिङ्गो शेर्पा समूदायको साझा संस्था मानिने नेपाल शेर्पा संघ केन्द्रले आफ्नो स्थापनाको करीब २९ बर्षपछि आफ्नै निजी कार्यलय भवन पाएको छ । हुन त नेपाल शेर्पा संघ केन्द्रको यो कार्यलय भवन निर्माण वा खरीद गर्ने अभियान र सपना यसभन्दा अगाडीका प्रायः सबै नेतृत्वहरुको थियो नै, तर विविध कारणले साकार हुन नसकेको त्यो सपना पाँचौ महाविधेशनबाट निर्वाचित ई. आङ दोर्जी लामा शेर्पा (ए.डी.) नेतृत्वको कार्यकालमा आएर साकार भएको छ ।
चुनावी मैदानबाटै पाँचौ महाधिवेशनमा बहुमतले निर्वाचित भएका नेपाल शेर्पा संघ केन्द्रका वर्तमान अध्यक्ष ए.डी. लामाले आफ्नो कार्यकालमा शेर्पा समूदायको लागि दुईवटा दुरगामी महत्व राख्ने विशेष अभियानलाई ठोस परिणतिमा पुर्‍याउन सफल भएकोले उनको कार्यकाललाई नेपाल शेर्पा संघको ईतिहासमा स्वर्णकालको उपमा दिदा अत्युक्ति नहोला । यसरी नेपाल शेर्पा संघ केन्द्रको भव्य केन्द्रीय भवनको निर्माण र विश्वभरी फैलिएर रहेका शेर्पाहरुलाई कालान्तरसम्म जोड्ने विश्व शेर्पा संघको गठन गर्नमा उनले लिएको पहलकदमी र कुशल नेतृत्वको लागि आम शेर्पा समूदायले उनको खुलेर प्रशंसा गर्नैपर्दछ र धन्यवाद दिनैपर्दछ । फेरी यसरी उनको प्रशंसा गरिरहँदा यो अभियान उनी एक्लैको बलमा मात्रै पुरा भएको होईन भनेर सोेच्नेहरु पनि होलान, र निश्चय नै त्यो सही पनि हो, यो अभियान यसरी सफल हुनु भनेको उनी एक्लैले जोडबल र लगानीमा मात्रै पुरा भएको त पक्कै होईन, यसमा उनको कार्यसमिति भित्र विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी सदस्यहरुको साथ अनि संसारभरी रहेका आम शेर्पाहरुको विशेष सहयोगबाट नै यी दुई विशेष अभियान सफलताका साथ पुरा भएको हो । र, यही कुरा उहाँ अध्यक्ष ए.डी. लामा स्वमले स्वीकार गर्दै भन्ने कुरा पनि हो । तर, यो पंक्तिकारलाई के लाग्दछ भने, निश्चय नै यो अभियानलाई सफल बनाउनका लागि सबै आम शेर्पा समूदायको साथ र सहयोग भएको कुरा त छदै नै छ, त्यसमा नेपाल शेर्पा संघको अध्यक्ष भएर ए.डी. लामाले लिएको पहलकदमी, दिएको कुशल नेतृत्व र बोकेको दृढ संकल्प नै प्रधान कुरा थियो, जसको जगमा बसेर हामी आम शेर्पा समूदायले यी महान अभियानलाई सफल बनाउन होस्टेमा हैसे गर्न पाएका छौ, यस मानेमा उनी पछि साथ सहयोग दिने सबै यो स्वर्णकालको हिस्सा हुन भन्ने कुरामा कुनै दुविधा छैन ।

दुई विशेष अभियानका दुरगामी महत्व के हो ?
यी दुई विशेष अभियान, नेपाल शेर्पा संघ केन्द्रको भवन निर्माण र विश्व शेर्पा संघको गठनको वास्तवमै आम शेर्पा समूदायको लागि विशेष दुरगामी महत्व वोकेका बिषयहरु हुन । पहिलो, नेपाल शेर्पा संघ केन्द्रको आफ्नै भवन निर्माण हुनुले बर्षौदेखि सिङ्गो शेर्पा समूदायको साझा संस्था मानिने नेपाल शेर्पा संघको महाधिवेशन नै पिच्छे नयाँ बन्ने कार्यसमितिले संघको कार्यलय व्यवस्थापनका लागि काठमाण्डौंका निजी घरहरुमा कोठा खोज्दै भौतारिनुपर्ने बाध्यतालाई पूर्ण रुपमा अन्त्य गरिदिएको छ । साथै एउटा फ्ल्याट वा एउटा कोठा मात्रै होईन, ठुलो क्षेत्रफलमा बनेको नेपाल शेर्पा संघ केन्द्रको उक्त भव्य भवनमा निश्चय नै आगामी दिनहरुमा शेर्पा समूदायको भाषा, संस्कृति र परम्पराका कुराहरुदेखि अधिकार प्राप्तिका अभियानहरुको बारे समेत निर्वाद रुपमा कार्यक्रम संचालन र सृजनात्मक गतिविधिहरु निरन्तर संचालन गर्न सकिनेछ । त्यसैगरी दोस्रो विशेष अभियान विश्व शेर्पा संघको गठन, यो अभियान पनि वास्तवमा नै अहिलेको परिस्थिती र विशेष गरी भविष्यमा विश्वभरी फैलिएर रहेको शेर्पाहरुको अवस्थालाई मध्यनजर गरी शेर्पाहरुको मौलिक पहिचानका खातिर सबै शेर्पाहरुलाइ कालान्तरसम्म जोडिरहने एउटा विशेष अभियान हो । हामी सबैलाई थाहै छ, यतिबेला शेर्पाहरु विश्वका विभिन्न देशहरुमा फैलिएर रहिरहेका छन । कुनैबेला ईतिहासमा एउटै थाकथलोमा हुर्केका र एउटै घरपरिवारमा जन्मेका आफ्नै रगतका नाता पर्ने शेर्पाहरु समेत यतिबेला फरक फरक देशका नागारिकको रुपमा रहनुपर्ने अवस्थाको सिर्जना भईरहेको छ । यस्तो अवस्थामा पनि हामी शेर्पाहरुलाई एकरुपताका साथ जोडिरहने माध्यम बनेको हाम्रै शेर्पापन, त्यसको पहिचान र ईतिहासहरु हुन । जसले गर्दा जुनसुकै देशको नागारिक होउन, जुस्तोसुकै परिस्थितीमा हुर्किउन, हामी शेर्पा हौ, र हामी सबैको धर्म, संस्कार संस्कृति, परम्पराहरु एकै हुन भनेर जोड्ने माध्यम भनेको नै यही विश्व शेर्पा संघ हो । जसले पुस्तौपुस्तासम्म विश्वभरीका शेर्पाहरुलाई जोडिरहने काम गर्दछ । तसर्थ यी दुई विशेष दुरगामी महत्व बोकेका अभियानलाई कुशल नेतृत्व दिएर दृढ संकल्पका साथ सफल बनाउनु भएकोमा नेपाल शेर्पा संघका वर्तमान अध्यक्ष ई. आङ दोर्जी लामा शेर्पा (ए.डी.) प्रति नतमस्तक भएर नमन गर्दछु । थुचेछे ।

पेम्बा गेलु शेर्पा
सचिव, नेपाल पत्रकार महासंघ यूरोप शाखा

The post नेपाल शेर्पा संघमा ए.डी. लामा शेर्पाको स्वर्णकाल appeared first on .



from https://ift.tt/2r77bhq

No comments:

Post a Comment

Pages