नेपाल तामाङ धेदुङकाे प्रदेश अधिवेशन सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 18, 2019

नेपाल तामाङ धेदुङकाे प्रदेश अधिवेशन सुरु

सुन्दरहरैंचा १० मा नेपाल तामाङ धेदुङ प्रदेश नं १ को दुई दिने प्रथम प्रदेश अधिवेशन सुरु भएको छ । अधिवेशन कार्यक्रमको उद्घघाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । उनले जाती, भाषा र लिपिको मौलिक पहिचान महत्त्वपूर्ण भएकोले यसकाे उत्थानमा सबै लाग्नु पर्ने अावश्यकता भएको बताए । मुख्य मन्त्री राईले कुनै पनि जातीलाई होच्याउने गरी कानुन निर्माण गरिने छैन साथै सहमतिको आधारमा प्रदेशको नाम राखिने उल्लेख्य गरे । उनले भाषा, लिपि र संस्कृतिको जगेर्ना नभए नेपालको अस्तित्व पनि नरहने बताउँदै मौलिक पहिचानको संरक्षण गर्न सरकार लागि परेकाे स्पष्ट पारे ।

कार्यक्रममा प्रदेश नं १ सांसद राजकुमार ओझा, सुन्दर हरैचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङकाे समेत सहभागिता थियाे । साथै नेपाल तामाङ धेदुङ संङघमा आवद्ध प्रदेश नं १ का विभिन्न व्यक्तित्वहरू , लगायत राजनीतिक दलका नेताहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल तामाङ घेदुङ १ नं प्रदेश समितिका अध्यक्ष मित्रसेन योञ्जनको सभापतित्वमा भएको थियो। प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सम्पन्न हुनेछ ।

The post नेपाल तामाङ धेदुङकाे प्रदेश अधिवेशन सुरु appeared first on .



from https://ift.tt/2YZRF3k

No comments:

Post a Comment

Pages