भ्रमण वर्षलाई सफल पार्न मुस्ताङ्गे युवाको तेस्रो एकल चित्रकला प्रदर्शन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 14, 2019

भ्रमण वर्षलाई सफल पार्न मुस्ताङ्गे युवाको तेस्रो एकल चित्रकला प्रदर्शन

हिमाल पारीको जिल्ला मुस्ताङको पर्यटन प्रवर्धन र विकास गर्न मुस्ताङ्गे युवा चित्रकार छिरीङ फोन्जो गुरुङ लागि परेका छन । उनले यही पौष ९ देखि ११ गतेसम्म पोखराको रमनिय क्षेत्र लेकसाइडमा तेस्रो एकल चित्रकला प्रदर्शन गर्न लागेको छ ।
होटल बारहीको हलमा गर्न लागेको एकल चित्रकलाको माध्यमबाट एतिहासिक मुस्ताङको कला, संस्कृति, रितिरिवाज र जनजिवनलाई चित्रमा उतारेर प्रदर्शन गर्न लागेको हो ।
काठमाडौँको तारागाउँ हायत होटलमा पहिलो एकल चित्रकला प्रर्दशन,त्यसैगरि छोसेर मुस्ताङमा दोस्रो एकल चित्रकला प्रदर्शनी गरेको चित्रकार छिरीङ फोन्जो गुरुङले जानकारी दिनुभयो । ४ बर्षे विदेश बसाइलाइ त्यागेर नेपालमा नै केही गर्नुपछ भन्ने हेतुका साथ गुरुङ नेपाल आएको थियो । अहिले तेस्रो एकल चित्रकला प्रदर्शनमा लागेको जानकारी दिनुभयो ।
मुस्ताङका प्राय युवाहरु विदेश पलायन हुने गरेकाले गर्दा आफ्नै देशमा आफ्नो कलाको सम्मान गरि अगाडी बढे बढ्न सकिने सन्देश छिरीङ फोन्जो गुरुङले दिएका छन ।
अहिले उनी चित्रकला प्रर्दशनको तयारीमा जुटेको छ ।

The post भ्रमण वर्षलाई सफल पार्न मुस्ताङ्गे युवाको तेस्रो एकल चित्रकला प्रदर्शन appeared first on .



from https://ift.tt/34s5Z69

No comments:

Post a Comment

Pages