आलुमा किरा लागेपछि सोलुका कृषक चिन्तित् - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 14, 2019

आलुमा किरा लागेपछि सोलुका कृषक चिन्तित्

आलुमा किरा लागेपछि सोलुखुम्बुका कृषक चिन्तित बनेका छन् । जिल्लाको सल्लेरी, तिङला, सल्यान, पन्चन, काँकु बासा लगायतका क्षेत्रमा लगाईएको आलुमा किरा लागेपछि कृषकहरु चिन्तित बनेका हुन् । काँकु कोफुमा ३२ कृषकले उत्पादन गरेको ८५ प्रतिशत आलुमा किरा लागेको कृषकहरुले बताएका छन् । खुम्रे आकारको किराले भण्डारण गरेको ५ मुरी आलु नष्ट गरेको कोफुका कृषक देउराज राईले बताए ।

नेचासल्यान गाउँपालिकाको माथिल्लो क्षेत्रमा लगाईएको आलुमा बाहिर हेर्दा सामान्य जस्तो देखिए पनि भित्री भागमा किरा देखिएको कृषक सोनाम लाक्पा शेर्पाले बताए । बारिमा रोपेको आलुको बोटमा कटुवा किरा लागेको भएपनि आलु भित्र लागेको पहिलो चोटि देखा परेको उनको भनाई छ ।

तिङला र सल्लेरी क्षेत्रमा पनि आलुमा किरा लागेको पाईएको छ । तिङलाको अधिकांश कृषकले भण्डारण गरेको आलुमा किरा लागेको संवाददाता कर्ण कार्किले जानकारी दिए । पुतलीको लार्भा आकारको किराले तिङला क्षेत्रका कृषकले भण्डारण गरेको ८० प्रतिशत आलु नष्ट गरेको स्थानिय कृषक ओम सिङ कार्किको भनाई छ ।

कृषकहरुले आलुमा लागेको किराको पहिचान गरि क्षतिपुर्तिको माग गरेका छन् ।

 

-दिपेन्द्र पराजुली, हिमाल एफ एम

The post आलुमा किरा लागेपछि सोलुका कृषक चिन्तित् appeared first on .



from https://ift.tt/2q34ZHt

No comments:

Post a Comment

Pages