तिङलामा जिप माथी बोलेरो खस्दा एक जनाको मृत्यु, १० घाइते । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 5, 2019

तिङलामा जिप माथी बोलेरो खस्दा एक जनाको मृत्यु, १० घाइते ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने १० जना घाईते भएका छन् । गएराती करिब ११ बजे तिङला स्थित बरडाँडाको गुप्तेश्वर महादेव क्षेत्रमा सवारी दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँबाट नेचा जाँदै गएको बा १ ज ५३४२ नम्बरको जिप माथि सोलुखुम्बुको सल्लेरीबाट नेचा जाँदै गरेको बा १५ च ९६२० नम्बरको बोलेरो खस्दा बोलेरोका चालक नेचासल्यान गाउँपालिका वडा नम्बर २ का अन्दाजी २१ बर्षीया लेख बहादुर खड्काको मृत्यु भएको हो ।

माथिल्लो मोडमा रहेको बोलेर अन्यन्त्रित भई तल्लो मोडमा रहेको जिप माथि खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । घाइतहरुको राति नै उद्धार गरी जिल्ला अस्पताल फाप्लुमा ल्याईएको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीको जनाएको छ ।

The post तिङलामा जिप माथी बोलेरो खस्दा एक जनाको मृत्यु, १० घाइते । appeared first on .



from https://ift.tt/2OorobZ

No comments:

Post a Comment

Pages