दोस्रो विश्व शेर्पा सम्मेलनको तयारी तिब्र - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 5, 2019

दोस्रो विश्व शेर्पा सम्मेलनको तयारी तिब्र

काठमाडौं । भारतको सिक्किममा हुनु लागेको ‘दोस्रो विश्व शेर्पा सम्मेलनको तयारी तिब्र’ रुपमा भइरहेको छ । अक्टोबरको ८, ९ र १० तारीखमा हुने गइरहेको सम्मेलनको तयारी तिब्र रुपमा भइरहेको हो । विभिन्न १५ मुलुकमा बसोवास गर्ने १ हजार प्रतिनिधीहरु सम्मेलनमा सहभागि हुनेछन् । नेपालबाट ६० जना प्रतिनिधीहरु सम्मेलनमा सहभागि हुने नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाले जानकारी दिए ।

विश्वभरीका शेर्पाहरुको प्रतिनिधिमुलक सहभागिता रहने गरी सन २०१७ मा स्थापना भएको ‘जम्बुलिङ श्यर्वी छोक्पा’ले दोश्रो विश्व शेर्पा सम्मेलनको आयोजना सिक्किममा गर्ने निर्णय गरेको थियो । छोक्पाका अध्यक्ष आङ दोर्जी लामा शेर्पाको अध्यक्षतामा बसेको अनलाईन बैठकले छोक्पाको प्रथम प्रत्यक्ष बैठक र दोश्रो विश्व शेर्पा सम्मेलन सिक्किममा आयोजना गर्ने निर्णय गरेको थियो । सम्मेलनको तयारी बारे ८ सेप्टेम्बरमा अर्को बैठकबसी तयारीबारे अन्तिम छलफल गरेका थिए । बैठकले सम्मेलनलाई भव्यताका साथ सफल बनाउन व्यवस्थापकीय पक्षले तिब्र रुपमा काम गरिरहेको महासचिव पासाङ गेली शेर्पाले जानकारी दिए । जम्बुलिङ श्यर्वी छोक्पामा सिक्किमका प्रतिनिधिहरुका रुपमा महासचिव र कोषाध्यक्ष मिङमा शेर्पा छन् ।

सम्मेलनको व्यवस्थापकीय जिम्मेवारी सिक्कममा रहेको शेर्पाहरुको संस्था ‘डेन्जोङ शेर्पा संघ सिक्किम’ले लिएका छन् । अनलाइनको माध्यमबाट मात्रै हुने वैठकलाई प्रत्यक्ष बनाउने, शेर्पा समुदायको एकता, भाषा, कला, संस्कृति, साहित्य, आर्थिक, राजनैतिक, सामाजिक मुद्दाहरुलाई सम्मेलनका अजेण्डाहरु हुन् । सम्मेलनले शेर्पा समुदायको शैक्षिक अवस्थामा सुधार र व्यापक बनाउन महत्वपूर्ण निर्णय गर्ने जनाएको छ ।

The post दोस्रो विश्व शेर्पा सम्मेलनको तयारी तिब्र appeared first on .



from https://ift.tt/2Vg2dJS

No comments:

Post a Comment

Pages