दशैँमा वली दिइएको प्राणिको आत्मा शान्तिको लागि बौद्धमा ञ्युङने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 6, 2019

दशैँमा वली दिइएको प्राणिको आत्मा शान्तिको लागि बौद्धमा ञ्युङने

काठमाडौँ – वडादसैँको अवसरमा हत्या भएको प्राणिको आत्माको उद्धारका लागि बौद्ध क्षेत्रमा विभिन्न बौद्ध धर्म संस्थाले ञ्युङने(मौन व्रत) राखेका छन् । केही संस्थाहरुले १७ गतेबाट सुरु गरेका छन् भने केही संस्थाले फूलपातीको दिनबाट ञ्युङ्ने सुरु गरेका हुन् ।

धर्म श्रवन तथा चिन्तन विस्तार केन्द्र बौद्धले भने शनिबारबाट ञ्युङने सुरु गरेका छन् । केन्द्रमा करीव सय जना बुद्धधर्मवलम्वीहरु सहभागी भएका छन् । धेर्म श्रवन केन्द्रमा खेन्पो सोनाम छिरिङ लामाङले भक्तजनलाई ञ्युङनेको महत्व, यसको फाइदा र अष्टशीलको विषयमा प्रष्ट्याउँदै ञ्युङने राखेका छन् । यस्तै, गुरु संघ नेपाल बौद्ध, बौद्ध जागरण केन्द्र र स्वयम्भूमा समेत लामा गुरु सोनाम ग्युर्मीले ञ्युङने राखेका छन् ।

ञ्युङने मौन व्रत जीवनमा एकपटक पालना गर्नाले ४० कल्पको पाप काटिने धार्मिक विश्वास छ । यस्तै,देव र मनुष्यको उत्तम जन्म प्राप्त हुनेछ । आठ ञ्युङने मौनव्रत पालना गर्नाले श्रोतापछि ज्ञान प्राप्ति हुने, अनि मृत्यु पछि देवाचेनको शिङखममा जन्म प्राप्त हुने छ ।

करिव २५ ञ्युङने मौनव्रत पालना गर्नाले सकृतणामी ज्ञान बराबर प्राप्त भई ८० कल्पको पाप काटिने छ । ५० ञ्युङने मौनव्रत पालना पालना गर्न सके आनगमी ज्ञान बराबरी प्राप्त भई ८० हजार कल्पको पाप काटिनेछ । १०८ ञ्युङने मौन व्रत पालना गर्न सके अहर्त प्राप्त भई दश करोड कल्पको पाप अनि लेश आवरणहरू शुद्ध भई अपरामित बुद्धको सुखवती लोकमा जन्म हुनेछ ।
-Yoho Khabar

The post दशैँमा वली दिइएको प्राणिको आत्मा शान्तिको लागि बौद्धमा ञ्युङने appeared first on .



from https://ift.tt/2OpaF8r

No comments:

Post a Comment

Pages