शक्तिशाली ताईफु हागिविस र भयबित मन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 22, 2019

शक्तिशाली ताईफु हागिविस र भयबित मन

जापानमा १९५८ सालपछि इतिहासकै ठुलाे अनि बिनाशकारी ताइफु (हागिबिस)आउने दुखद खबरले जापानी नागरिक र जापानमा रहेका बिभिन्न देशका नागरिकहरुलाइ त्रसित बनाएकाे थियाे ।जापानमा रहेका ९०हजारकाे हाराहारीमा रहेका नेपाली समुदायपनि ताइफु देखि डराउन थालिसकेका थिए नभन्दै शनिबार बिहानै देखि जापानमा हागिबिस ताइफुकाे प्रभाब पर्न थालियाे । सामान्यतया धेरैजसाे जापानबासी नेपालीहरु ताइफुसंग परिचित नै थिए तर हागिबिस ताइफु बिनाशकारी भनेपछि धेरै जना आत्तिएकाे ,डराइरहेकाे अबस्था थियाे ।भर्खरै जापान आएका नेपालीहरुकाे त मुटुले ठाँउनै छाडे भन्दा फ़रक नपर्ला ।किनकि यहाँकाे भाषा ,भुगाेल बिपदबाट कसरी बच्ने आदि कुराहरुकाे जानकारी राम्ररी नभएसम्म समस्या भाेगिरहनु स्वाभाविक नै ठान्दछु ।

हागिबिसु ताइफुकाे असर शनिबार बिहानदेखि आंशिकरुपमा परिसरेकाे थियेा ।बिस्तारै बिस्तारै भारी बर्षा संगै हावाकाे बेगले तीब्ररुपमा गतिलिन थालिसकेकाे थियाे । म बस्ने ठाउं टाेक्याे ,एदाेगावा कु ,काेइवा चारै तिर समुन्द्रले घेरिएकाे छ नजिकै (१५मिनेट टाडा)एदाेगावा नदीपनि छ ।हावा र पानी गतिराेध हुन सकेन ।साँच्चिकै आज हागिबिस ताइफुले टाेक्याे डुबाउने भयाे मेराे केाठा र नजिककाे बस्तीहरु के सुरक्षित रहला ?आफैले आफैलाइ प्रश्न गरिरहे ,आफैले आफ्नै मनकाे डरलाइ नियन्त्रणमा लिने काेशिस गरे ।काम गर्ने कम्पनिबाटपनि फाेनआयाे कम्पनिले रेल नचल्ने भएकाेले बिदा बस्नु ,केयर गर्नु भनेर जानकारी दिएकाे थियाे ।
साँझपख सम्म स्थिति सामान्यनै थियाे तर नजिकै चिवा एरियामा ताइफुकाे प्रभाब बढ्दै गइरहेकाेले बिध्युत प्रसारण बन्द गरिएकाे र ताइफुले निम्त्याएकाे क्षतिहरु भिडियाेसहितका समाचारहरु नेपाली तथा जापानी समाचार संस्थाहरुले दिइरहेकाे थियाे ।केही बेरमा नजिकै रहेकाे खाचुसिका वढा कार्यालयले दिएकाे अलर्ट माेबाइलमा बच्न थाल्याे हतार हतार स्कृनसट गरी हेरे ।पानीकाे बहाव बेढिरहेकाेले घरकाे माथिल्लाे तलामा नरहनु ,खाचुसिका वढामा रहेकाे सेल्टरमा जानु भनेर पुर्व जानकारी दिइरहेकाे थियाे ।त्याे अलर्ट पटक पटक बज्न थालेपछि झनै डर लाग्न थाल्याे ।काेठाकाे झ्याल खासै बलियाे थिएन ,सटरमात्र भैदिएपनि केही हदसम्म सुरक्षित हाेला भनेर साेचे ।वरिपरि रहेका जापनिज छिमेकीहरु अघिनै काेठा छाडेर कुलेलाम ठाेकिसकेकाले सुनसान थियाे ।म धेरैबेर झ्यालबाट चियाएर हेरे आफै बसेकाे वढा कार्यालय एदाेगावाले पनि माेबाइलमा अलर्ट दिन थाल्याे ।केहीबेरमा म बसेकाे अपार्टकाे मात्र बत्ती आउने जाने भयाे ।एक्लै छु काेठा छाडेर जाउ भारी बर्षा संगै ताइफुकाे झनै खतरा ,साथीहरु भेट्न जाउ निस्पट्ट अँध्याराे अनि रेल पनि त चलेकाे थिएन।बेलुकी हुदै गएपछि ताइफुले टाेक्याेलाइ राम्ररी हल्लाइरहेकाे थियाे ।कामले थकित ज्यान आरामपनि पुगेकाे थिएन अनि निद्गा पनि लागिरहेकाे थियाे ।ताइफुले पसल ,सुपा ,काेन्भिनिहरु बन्द हुने भएकाेले पाउराेटी र कप नुडल्स ल्याएर राखेकाे थिए ।डराउदै थर्मसमा राखेकाे ताताे पानी हालेर कप नुडल्स खाए त्याे पनि खाए ।अध्याराे काेठामा उभिएरै बसे ।पानीका बक्षिटाहरु झ्यालमा बज्रपात हुन थालियाे ।
समाचारहरुमा मध्य टाेकियाेलाइ क्षति पुराउन सक्ने भन्दै सचेत गराइरहेकाे थियाे ।
मैले सुरुदेखि नै जापानकाे मिडियाहरु NHK ,क्याेदाे जापान टुडेले अपडेट गरेकाे लाइभ भिडियाेहरु हेर्दै ताइफुबारे जानकारी लिने गरेकाे थिए ।जापानमा रहनुभएका पत्रकारमित्रहरु बिशेषगरी राजन गाैतम ,गाेकर्ण अधिकारी ,आनन्दअधिकारी ,शान्त पहरीज्युले २४ सै घण्टा ताइफुकाे बारे अपडेटहरु दिइरहनुभएकाे थियाे ।त्यस्तै नेपाली इन जापानलेपनि राम्राे जानकारी तथा महत्वपुर्ण सुचनाहरु दिएर सहयाेग पुराइ रहेकाे थियाे ।उहाहरुकै सहायतामा सुचना लिए ।जापानकाे बिभिन्न केनहरुमा रहेका साथीहरुसंग कुराकानी गर्न थाले यसैक्रममा याेकाेहामा बस्नुहुने पुरानाे मित्र एल.बि रुचालले अब ताइफु राेकियाे ।अब डराउनु पर्दैन भन्नुभएपछि आरामले सुते । तर चिवाकाे क्षति संगै ,ताइफुले कानागावा स्थित सिराेयामा ड्यामले बस्ती मा क्षति पुराउन सक्ने समाचार ,नागानाे ,इबाराकी,फुकुसिमाकाे डुवान ,साइतामा मा गएकाे पहिराे ,मियाजाकी ,ताेचिकी ,लगाएत क्षेत्रमा परेकाे असरले दुखिद तुल्यायाे । मैले यी धटनाहरु सुन्दा र देख्दा जापान समृद्दी र बिकासले जति माथि पुगेकाे छ प्राकृतिक प्रकाेपकाे रुपमा त्यतिनै ठगिएकाे छ ।डरलाग्दाे भूकम्प ,सुनामी ,ताइफुलाइ जित्न जापानसंग पनि कुनै अस्त्र छैन जस्ताे लाग्छ तर जापान सरकारले जनताहरुलाइ दिने राहत र सुचना लगायात संयन्त्र अत्यन्तै अनुकरणीय छ ।यहाँ जतिनै ठुलाे प्राकृतिक बिपत्ति आएपनि रेस्क्यु टिम ,दमकल ,प्रहरी ,एम्बुलेन्स स्ट्यन्ड बाइ रहनेगरेकाे पाउछाै ।हाम्राे देशलेपनि यस्ता महत्वपुर्ण कुराहरु बेलैमा सिकाे गर्न सकेकाे भए २०७२सालकाे महभुकम्पबाट दशाै हज़ार नेपालीहरु मरिदैन थियाे हाेला ।
अन्तमा जापान सरकारले सुरक्षाका लागि बिभिन्न संयन्त्र अपनाए पनि हालसम्म दर्जनाै संख्यामा मृत्यु
बेपत्ता र  सयाैकाे संख्यामा घाइते भएका छन् ।
ताइफुसँगै आएको वर्षाले गर्दा नदिहरुमा पानीको बहाव बढेसँगै शनिवार टोकियो महानगर क्षेत्र लगायत जापानका कयौं स्थानमा आवासीय क्षेत्रहरु डुबानमा परेकाे छ ।मृतकहरुमा हार्दिक श्रदान्जली ,घाइतेहरुकाे सिघ्रउपाचार हाेस भनी कामना ब्यक्त गर्न चाहन्छु ।
फुर्वा शेर्पा /टाेक्याे

The post शक्तिशाली ताईफु हागिविस र भयबित मन appeared first on .



from https://ift.tt/2BzEH1w

No comments:

Post a Comment

Pages