काठमाडौंमा सुरु भयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 19, 2019

काठमाडौंमा सुरु भयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन

काठमाडौँ — प्रथम अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय सभागृहमा आयोजित सम्मेलनको जनजाति नेताहरूले परम्परागत बाजागाजा बजाएर शुक्रबार उद्घाटन गरे ।

नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको दुईदिने सम्मेलनमा नेपालसहित १३ देशका दुई सय प्रतिनिधि सहभागी छन् । महासंघका अध्यक्ष जगत बरामका अनुसार सम्मेलनमा आदिवासी जनजाति आन्दोलनको समीक्षा र भावी रणनीतिबारे बृहत् छलफल गरी घोषणापत्र जारी गरिनेछ ।

महासंघले संविधान संशोधनको मागसहित सडक संघर्ष गर्दै आएको छ ।

तस्बिर : आदिवासी जनजाती महासंघ द.कोरियाको अध्यक्ष युगेल तेण्डुप शेर्पाको फेसबुक बाट

The post काठमाडौंमा सुरु भयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन appeared first on .



from https://ift.tt/2IZdolp

No comments:

Post a Comment

Pages