टान निर्वाचन : दुवैपक्षको दावी “जित निश्चित छ ।” - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 5, 2019

टान निर्वाचन : दुवैपक्षको दावी “जित निश्चित छ ।”

भदौ २० मा हुने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचनमा जित शुनिश्चित भएको दुवैपक्षले दावी गरेका छन् । चुनाव नजिकै गर्दा दुवै पक्ष भेटघाट र प्रचार प्रशारमा व्यवस्त भएका छन् । आ–आफ्नो समुहलाई सहयोग गर्न समाजिक सञ्जाल मार्फत शुभेच्छुकहरुले मत समेत मागिरहेका छन् । नेकपा निकट अध्यक्षका उम्मेद्धार अञ्जन थापा (कुमार)ले आफुहरुको जित शुनिश्चित भएको दावी गरे । क्षेत्रगत हिसाबले विभिन्न पदमा उम्मेद्धारी दर्ता गरिएकाले पनि आफुहरुको जित शुनिश्चित रहेको थापाको दावी छ ।
थापाले भने, “प्रगतिशिल समुहबाट उम्मेद्धारी मात्र दिएको छैन, २०११ देखी १३ सम्म म कोषाअध्यक्ष पदमा रहँदा गरेको कार्यनै मेरो लागि पर्याप्त छ भने हाम्रो टिम उस्तै छ, एक मत भएर अगाडी बढेका छौ, जीत शुनिश्चित हुने कुरामा संका छैन ।”

यता काग्रेस निकट खुमबहादुर प्यानलबाट प्रमुख उपाअध्यक्ष पदका उम्मेद्धार चोलेन्द्र कार्कीले नयाँ पदयात्राको पहिचान गर्दै विश्व बजारमा पुर्याउने मुख्य योजना सहित आफुले उम्मेद्धारी दर्ता गरेकाले जीत शुनिश्चित भएको दावी गरे । नेपालमा रोजगारी सृजना गर्नको लागि अन्तराष्ट्रिय कम्पनीले नेपालमा सञ्चालन गर्दै आएको टे«किङ कम्पनीलाई निशेध गर्दै स्वदेशकै कम्पनीलाई प्राथमीकता दिने आफुहरुको प्रतिबद्धता रहेकाले अत्याधिक मत प्राप्त गर्ने उनको विश्वास छ ।“दुई प्यानलमा चुनाव हुदै छ ।” उम्मेद्धार कार्कीले दावी गरे, “हाम्रो जित शुनिश्चित हुने कुरामा कुनै दुईमत छैन ।”

The post टान निर्वाचन : दुवैपक्षको दावी “जित निश्चित छ ।” appeared first on .



from https://ift.tt/2PIptB1

No comments:

Post a Comment

Pages