सार्वजनिक शौचालय निर्माण नगरि सोलुखुम्बु खुल्ला दिशा मुक्त जिल्ला घोषणा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 28, 2019

सार्वजनिक शौचालय निर्माण नगरि सोलुखुम्बु खुल्ला दिशा मुक्त जिल्ला घोषणा

सोलुखुम्बुलाई मुलुककै ७६ औ जिल्लाको रुपमा असोज ३ गते घोषणा गरेपनि सार्वजनिक शौचालय नहुदा घोषणाको औचित्य माथी प्रश्न उठेको छ । एक घर एक शौचालयको अवधारणा अनुसार काम भएपनि सार्वजनिक शौचालय नहुदा खुला दिशामुक्त क्षेत्र घोषणाको कार्यान्वयनमा प्रश्न उठेको हो ।

तत्कालिन जिल्ला खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालयले तिङलाको बेलिडाडाँमा निर्माण गरेको सार्वजनिक शौचालय बाहेक अन्य कुनैपनि स्थानमा सार्वजनिक शौचालय छैन् । पर्यटकीय क्षेत्र सोलुखुम्बुमा सार्वजनिक शौचालय नहुुनुले आन्तरिक तथा बाह्रय पर्यटकलाई यात्राको क्रममा समस्या हुदै आएको छ । बर्षेनी पचासौ हजार पर्यटक भित्राउने खुम्बुपासाङल्हमू गाउँपालिका क्षेत्रमा पनि सार्वजनिक शौचालय छैन् । पर्यटकलाई भएको सास्ती र सन् २०२० को पर्यटक बर्ष सफल पार्नका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा बजेट व्यवस्थापन गरेको छ । लुक्ला देखि दिङबुचेसम्म सार्वजनिक शौचालय निर्माणको लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । पर्यटकलाई सहजताका लागि आवश्यक स्थानमा शौचालय निर्माणको काम अघि बढाउने गाउँपालिकाले जनाएको छ ।

सोलुखुम्बुको महाकुलुङ हुदै मेरापिक र पाँचपोखरी जाने पदमार्ग, सोलुदुधकुण्ड नगरपालिकाका पिके, पत्ताले लगायतका पर्यटकीय क्षेत्र र खुम्बुपासाङल्हमू गाउँपालिका कुनैपनि स्थानमा सार्वजनिक शौचालय नहुदा जिल्ला भित्र र बाहिरका जो कोहीलाई पनि शौचका लागि गन्तव्य नै पुग्नुपर्ने बाध्यता रहेको छ ।

सन् २०१७ सालमै जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको भएपनि २०७२ सालको भुकम्पको कारणले पछि धकलिएको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार २३ हजार ७१० घरमा शौचालय भएपनि सार्वजनिक स्थानमा शौचालय नहुदा यात्राको क्रममा शौच गर्नका लागि की गाउँ पस्नुपर्ने की जंगल पस्नुपर्ने अवस्था छ ।

The post सार्वजनिक शौचालय निर्माण नगरि सोलुखुम्बु खुल्ला दिशा मुक्त जिल्ला घोषणा appeared first on .



from https://ift.tt/2mpjF1L

No comments:

Post a Comment

Pages