दक्षिण कोरियाको एनआरएनमा सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 22, 2019

दक्षिण कोरियाको एनआरएनमा सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति

सोल– दक्षिण कोरियाको एनआरएनको अध्यक्षमा यज्ञराज सुवेदी विजयी भएका छन्। सुवेदीले अध्यक्षका प्रत्यासी विपिन गुरुङ र बुद्धि गुरुङलाई पछि पारेका हुन् । सुवेदी तीन दशकदेखि कोरियामा बस्दै आएका छन्। सुवेदीले मजदुर पक्षीय नीति बनाउनका लागि नेतृत्वमा रहेर भूमिका खेल्ने प्रतिक्रिया दिए।

सुवेदी ७ सय ९४ मत ल्याएर विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्षमा दीपक पुन विजयी भएका छन्। उपाध्यक्षत्रयमा सञ्जिव राई, सोम तामाङ र यदु लामिछाने विजयी भए । महासचिवमा विमल सुवेदी र युवा संयोजकमा अरुण श्रेष्ठ विजयी भएका छन् । सचिवमा मनोज गौतम र राजकुमार स्याङतान, कोषाध्यक्षमा चन्द्र राना, सहकोषाध्यक्षमा सन्तोष खड्का विजयी भएका छन्।

महिला संयोजकमा शुभद्रा पालुङ्वा निर्विरोध चयन भएकी छन् । अधिवेसनमा सहभागी हुन गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र मध्यपूर्व एसिया संयोजक आर के शर्मा कोरिया पुगेका थिए।

The post दक्षिण कोरियाको एनआरएनमा सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति appeared first on .



from https://ift.tt/2AEVCiC

No comments:

Post a Comment

Pages