बिहेपछि के भयो अनुष्कालाई ? - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 27, 2019

बिहेपछि के भयो अनुष्कालाई ?

एजेन्सी । बलिउड सुन्दरी अनुष्का शर्मा विवाहपछि फिल्ममा सुस्ताएकी छन् । अनुष्काको पछिल्लो फिल्म जिरो हो ।

भारतीय क्रिकेटर किराट कोहलीसँगको दाम्पत्यसम्बन्ध पछि उनी फिल्मको सुटिङभन्दा पनि पति विराटको क्रिकेट म्याच हेर्न बढी पुगेकी हुन्छिन् ।

यो फिल्म एक वर्षअघि रिलिज भएको थियो । शाहरूख खानसँग उनले यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । त्यसपछि यी अभिनेत्रीको नयाँ फिल्म आएको छैन ।

अनुष्काको गत वर्ष चारवटा फिल्म आएको थियो । उनको जिरोसँगै सन २०१८ मा परी, सञ्जु र सुई धागाजस्ता फिल्म रिलिज भएका थिए ।

दाम्पत्य सम्बन्धपछि यी अभिनेत्रीले फिल्मप्रति चासो देखाएकी छैनन् । उनी अहिले पनि दाम्पत्य सम्बन्धमै मस्त छिन् ।

पछिल्लो समय अनुष्काको फिल्म नआएपछि उनका फ्यानहरु निराश भएका छन् । अब भने आफू नयाँ फिल्मका साथ दर्शकमाझ आउने अनुष्काले बताएकी छन् ।

The post बिहेपछि के भयो अनुष्कालाई ? appeared first on .



from https://ift.tt/2mxutL0

No comments:

Post a Comment

Pages