योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त : चार बजे शपथ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, July 31, 2019

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त : चार बजे शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । भट्टराईले आजै अपराह्न ४ बजे सपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्रीले नै सम्हालेका थिए ।

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यसमेत हुन् ।

चुनाव प्रचारप्रसारका क्रममा तत्कालीन एमाले अध्यक्ष ओलीले ताप्लेजुङमा पुगेर ‘तपाईहरुले योगेश भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउने जिम्मा मेरो’ भनी भाषण गरेका थिए । निर्वाचनपछि नेकपाको सरकार निर्माणका बेला पनि भट्टराईको नाम मन्त्री हुने नेताको सूची रहेको बताइएको थियो । त्यसपछि मन्त्रिमण्डल बिस्तारका बेला उनको नाम पटक पटक आए पनि मन्त्री नबनाउँदा प्रधानमन्त्री ओलीको चुनावताकाको उक्त भाषणलाई लिएर आलोचन हुँदै आएको थियो ।

The post योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त : चार बजे शपथ appeared first on .



from https://ift.tt/2Ms4u2k

No comments:

Post a Comment

Pages