जापानमा अत्याधिक गर्मीले ११ को मृत्यु, ६ हजारभन्दा बढी अस्पताल भर्ना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, July 31, 2019

जापानमा अत्याधिक गर्मीले ११ को मृत्यु, ६ हजारभन्दा बढी अस्पताल भर्ना

जापान, १५ साउन २०७६ । जापानमा अत्याधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् । गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये एक हजार ७९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।

गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक हजार १९९ जनालाई अस्पतालमा राखेर केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् ।

अस्पतालमा भर्ना भएकामध्ये ५२।६ प्रतिशत बिरामी ६५ बर्षमाथिका वृद्धवृद्धा रहेका बताइएको छ ।आइची क्षेत्रमा सवैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका त्यहाँको प्रशासनले जनाएको छ । त्यस्तैे, ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ । मंगलबार पनि जापानमा तापक्रम बढेको बताइएको छ ।

सिन्ह्वा समाचार संस्थालाई प्राप्त सूचना अनुसार मध्य जापानमा पर्ने गिफीको ताजिमी क्षेत्रमा मङ्गलबार तापक्रम ३७.१ सेल्सियस पुगेको छ । टोकियो नजिकका क्षेत्रहरू कुमागाया, साइतामा र क्योतोमाढी वरपर पनि ३६.८ सेल्सियस भन्दा बढी तापक्रम मापन भएको बताइएको छ ।

The post जापानमा अत्याधिक गर्मीले ११ को मृत्यु, ६ हजारभन्दा बढी अस्पताल भर्ना appeared first on .



from https://ift.tt/2Ovj2AI

No comments:

Post a Comment

Pages