गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकाे अधिवेशन हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 19, 2019

गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकाे अधिवेशन हुने

गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकाे सातौं अधिवेशन सेप्टेम्बर २१ र २२ तारिखमा हुने भएकाे छ । आइतबार सउलमा पत्रकार सम्मेलन गरि अधिबेशनको मिति घोषणा गर्दै नयाँ सदस्यकाे लागि अावेदन खुल्ला भएकाे जानकारी गराएकाे हो । सम्मेलनमा एनअारएनए दक्षिण काेरियाकी अध्यक्ष लक्ष्मी गुरूङ लामा, बरिष्ठ उपाध्यक्ष विपिन गुरुङ, उपाध्यक्ष अमृत राई, सचिवहरू केशव थापा र विजय गुरूङ लगायतले अधिबेशनमा दक्षिण काेरियामा रहेका नेपालीकाे सकारात्मक सहयाेग हुनेमा विस्वास व्यत्त गरे ।

अध्यक्ष गुरूङले सातौं अधिवेशन विगतका अधिवेशन भन्दा ऐतिहासिक हुने बताइन् । उनले अधिवेशनमा संघका केन्द्रीय अध्यक्षको उपस्थिति र नेपाल सरकारका वहालवाला मन्त्रीको आतिथ्यमा हुने बताइन् । अब सदस्यहरुले डिजिटल परिचयपत्र प्राप्त हुने हुदाँ सबैले अनलाइन फारम दर्ता गरी सदस्यता लिनुपर्ने अध्यक्ष गुरूङले बताइन् । उनले भनिन् ‘अधिवेशनको चुनावमा विद्युतिय मतादान हुने भएकाेले फिङ्गरप्रिन्ट चाहिने र घरमै बसी अनलाइनमार्फत फारम भर्न सकिनेछ ।’

सचिव केशव थापाले अनलाइन मार्फत मोवाइल तथा कम्प्युटरबाट आफ्नो फारम दर्ता गर्न सकिने बताए । भेटघाट कार्यक्रममा कोरियामा ६ क्षेत्रमा क्षेत्रीय शाखाहरुमा अधिवेशनको तयारी गरिरहेको बताए । दक्षिण काेरियामा रहेका याेग्य नेपालीले दस्यताकाे लागि निवेदन दिन सकिने एनअारएनए दक्षिण काेरियाले जनाएकाे छ ।

The post गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकाे अधिवेशन हुने appeared first on .



from https://ift.tt/2JFn0lV

No comments:

Post a Comment

Pages