आफ्नै रेकर्ड तोड्दै कामीरिता २३ औं पटक सगरमाथाको चुचुरोमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 15, 2019

आफ्नै रेकर्ड तोड्दै कामीरिता २३ औं पटक सगरमाथाको चुचुरोमा

१ जेठ, सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड ताड्दै २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेर कामीरिताले आफ्नै कीर्तिमान तोडेका हुन् ।

कामीरिताले २२ औंपटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी पनि कामीरिताकै नाममा छ । उनीपछि बढी सगरमाथा आरोहण गर्नेको सूचीमा आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाम आउँछ । उनीहरुले समान २१ पटक सगरमाथा चढेका छन् । यद्यपि, उनीहरुको नाममा थप कीर्तिमान बन्ने छैन । आरोहणबाटै सन्यास लिइसकेका छन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले सोलुखुम्बु थामेका शेर्पाले बुधबार हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेको बताए । लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए । बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।

The post आफ्नै रेकर्ड तोड्दै कामीरिता २३ औं पटक सगरमाथाको चुचुरोमा appeared first on .



from http://bit.ly/30l0Cos

No comments:

Post a Comment

Pages