सउल नेपाल गुम्बाले मनायो बुद्ध जयन्ती - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 15, 2019

सउल नेपाल गुम्बाले मनायो बुद्ध जयन्ती

कोरियाको सउल नेपाल गुम्बाले २५६२ औं बुद्ध जयन्ती मनाएको छ । आइतबार भएको कार्यक्रममा सउल गुम्बा विषेश पूजापाठ र बौद्ध प्रवचन भएको थियो ।
कार्यक्रमका लागि नेपालबाट आएका बौद्ध तीनचुली ह्योल्मो गुम्बाका प्रमुख लामा दोर्जे लोप्पोन छेवाङ नोर्वु लामा र शिक्ष्येन ञ्यिङमा गोम्पा माहायन बौद्ध बिहारका प्रमुख लामा आचार्य पेमा छिरिङ लामाको साथमा पूजापाठ भएको थियो ।

पूजापाठपछिको औपचारिक कार्यक्रममा कोरियाका लागि नेपाली राजदुतवासका कार्यबाहक राजदुत किरण शाक्य प्रमुख अतिथिका रहेका थिए । पूजापाठपछि शिक्ष्येन ञ्यिङमा गोम्पा माहायन बौद्ध बिहारका प्रमुख लामा आचार्य पेमा छिरिङ लामाले बुद्ध जन्म, बुद्धका वचन, बुद्धका सिद्धान्त, मानिसमा बुद्ध धर्मको महत्व लगायतका विषयमा प्रवचन दिएका थिए ।

त्यस्तै बौद्ध तीनचुली ह्योल्मो गुम्बाका प्रमुख लामा दोर्जे लोप्पोन छेवाङ नोर्वु लामाले बुद्ध धार्मिकको विश्वास तथा महोत्व सम्बन्धी प्रवचन दिएका थिए । औपचारिक कार्यक्रममा प्रमुख अथिति कार्यबाहक राजदुत किरण शाक्यले आफूले बुद्ध धर्मका पुस्तक अध्ययनका आधारमा धार्मिक महत्व, सिद्धान्त र विभिन्न धार्मिक कार्यक्रममा सहभागीता हुने गरेका अनुभवहरु सुनाएका थिए । त्यस्तै सउल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै गुम्बा स्थापना भए देखि नै धार्मिक कार्य गर्दै आएको बताए । साथै कार्यक्रमहरुमा उपस्थिति सबैलाई आभार पनि ब्यक्त गरे ।
-फोनिज कोरिया

The post सउल नेपाल गुम्बाले मनायो बुद्ध जयन्ती appeared first on .



from http://bit.ly/2VlFlHm

No comments:

Post a Comment

Pages