प्रहरीको लापरवाहीले गर्द ङाठिले शेर्पा अस्पतालको बास भएको छ … - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 11, 2019

प्रहरीको लापरवाहीले गर्द ङाठिले शेर्पा अस्पतालको बास भएको छ …

काठमाडौँ  –  भोटेकोशी गाउँपालिका ४ का ङाठिले शेर्पाले बिगत लामो समयदेखि प्रेममा परेकी सुनिता श्रेष्ठलाई गत बैशाख २२ गते भगाए थियो । ङाठिलेल सुनिता श्रेष्ठलाई भगाएर लगेको भन्दै सुनिता श्रेष्ठका दाई रामकाजी श्रेष्ठले प्रहरी चौकी नारायणथानमा किटानी जाहेरी दिए ।

२३ गते प्रहरी चौकी नारायणथानले नामथङ प्रहरी चौकीलाई यसबारे जानकारी गराएपछि नामथङ प्रहरी चौकीका असई प्रकाश यादवको टोली ङाठिले शेर्पाको घर तर्फ लाग्यो । प्रहरीले ङाठिले शेर्पा दिदीको घरमा भएको खबर पायो । त्यसपछि प्रहरीको टोली वडा नं. ३ को बोक्चेन भन्ने ठाउँमा परिचालन भयो ।

प्रहरीले ङाठिलेलाई भगाएको भनिएकी सुनिता श्रेष्ठ सहित दिदीकै घरमा भेट्टायो र दुवै जनालाई नियन्त्रणमा लियो । प्रहरीका अनुसार त्यसपछि दुवै जनालाई तातोपानी सीमा प्रहरीलाई जिम्मा लगायो । ङाठिलेका दिदी सोना शेर्पा र भिनाजु पेमा शेर्पा पनि प्रहरी सँगै गएका थिए तर उनीहरुलाई जानुपर्दैन भन्दै प्रहरीले फर्काएपनि करिब ५०(६० मिटरको फरकमा प्रहरीकै पिछा गर्दै गए ।

तातोपानी प्रहरीलाई जिम्मा लगाएको करिब १५/२० मिनेटपछि नै मान्छे भाग्यो भन्ने खबर ङाठिलेका दिदी र भिनाजुको कानमा प¥यो । त्यसपछि हतारिदै घटनास्थल पुग्दा भाइको टाउँकोमा गम्भीर चोट लागेको देखेको ङाठिलेकी दिदी सोना शेर्पाले बताउनुभयो ।

त्यसपछि गाउँले र प्रहरीको सहयोगमा स्वास्थ्य चौकीमा लगेर सामान्य उपचार गरेपछि उनलाई काठमाडौ ल्याइएको छ । काठमाडौको शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका शेर्पाको टाउकोमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । उनको टाउकोमा जमेर रगत निकालिएको र अहिले भेन्टिलेटरमा राखिएको छ ।

ङाठिले शेर्पाको परिवारले प्रहरी र केटीपक्षको मिलेमतोमा लडाईएको आरोप लगाएको छ । तर प्रहरी पक्षले भने छारे रोगका कारण आफै लडेको र चोट लागेको जनाएको छ । ङाठिले शेर्पाले भगाएकी सुनिता श्रेष्ठ र उनकी छोरीलाई भने सामान्य सोधपुछ पछि आफन्तको जिम्मा लगाइएको छ ।

ङाठिलेका आफन्तले घटनाको बिषयमा छानबिन गर्न गाउँपालिकाको कार्यालय भोटेकोशीमा निवेदन दिएपनि गाउँपालिकाले बोलाएको समयमा सबै पक्ष उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय चौतारालाई छानबिन गरिदिन आग्रह गरेको छ । गाउँपालिकाले आवश्यक छलफलका लागि २६ गते बोलाउँदा उजुरीकर्ता मात्र उपस्थित भएको र २७ गते उजुरीकर्ता र घटना सँग सम्बन्धित सुनिता श्रेष्ठ सहितका केही व्यक्ति उपस्थित भएपनि प्रहरी चौकी बाट कोही पनि उपस्थित नभएको गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ ।



from Sherpa media Group Nepal http://bit.ly/2LBPy2G

No comments:

Post a Comment

Pages