अत्यन्त जरुरी सूचना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 8, 2019

अत्यन्त जरुरी सूचना

अत्यन्त जरुरी सूचना साथै विनम्र अनुरोध !

आदरणीय ल्हाप्सो प्रेमी दाजुभाई दिदीबहिनीहरुमा,
टशिदेलेग् ।

आऊँदो अप्रिल १४, आईतबारको दिन कग्यू थुप्तेन छोलिङ् गोन्पामा हुने ल्हासो कार्यक्रममा गुम्बा परिसरभित्र संबन्धित गुम्बाको ब्यवस्थापन पक्षसँग भएको सहमति र सम्झाैताका साथै शेर्पा किदुगमा विभिन्न सदस्य महानुभावहरुबाट प्राप्त अनुरोध, सल्लाह र सुझावहरुका आधारमा भएको ब्यापक छलफल पश्चात उक्त कार्यक्रम स्थलमा कुनै पनि ब्यक्ति वा संघ संस्थाले कुनैपनि किसिमको टिकट ख़रीद बिक्री या चन्दा असुल उपर गर्ने र गराउने कार्य पुर्ण रुपमा निषेध गरिएको छ । ल्हासोमा सहभागीहरुले कुनै गुम्बा, स्कूल, क्लब या बिरामी मान्छेको नाममा चन्दा रसीद नल्याउन समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ । शेर्पा किदुगको सदस्यता वितरण भने जारी रहने छ ।

ल्हासो कार्यक्रममा पाल्नु हुने सबैमा शेर्पा किदुग हार्दिक आभार प्रकट गर्दै यहाँहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछ ।

थुचिछे/धन्यवाद ।



from UNITED SHERPA ASSOCIATION (USA), INC. http://bit.ly/2OZJNdh

No comments:

Post a Comment

Pages