ताप्लेजुङको सुकेटारमा १८ फिटको बुद्ध प्रतिमा स्थापना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 8, 2019

ताप्लेजुङको सुकेटारमा १८ फिटको बुद्ध प्रतिमा स्थापना

ताप्लेजुङ, सुकेटार विमानस्थलबाट करिब १ किलोमिटरको दुरीमा रहेको एक रिसोटमा ओम् प्रकास राईले १८ फिट बुद्धको प्रतिमा स्थापना गरिएको छ । तेस्रो ताप्लेजुङ वज्रगुरु मन्त्र जप कार्यक्रमको शुभावसरमा उक्त बुद्ध प्रतिमा परम श्रद्धेय शेक्षेन राब्ज्यम रिन्पोछे, टुल्कु च्यक्टुल रिन्पोछे, टुल्कु लोब्साङ रिग्जिन रिन्पोछे, टुल्कु पेमा छेवाङ ग्युर्मे रिन्पोछे लगयात काठमाण्डौ शेक्षेन गोन्पाका धर्मगुरुहरु र विभिन्न गोन्पाका लामाहरुबाट चैत्र १९ गतेका दिन राब्ने (प्राणप्रतिष्ठाण) सम्पन्न गर्नु भएको थियो । ओम् प्रकास राई भन्नु हुन्छ -बुद्ध शान्तिको प्रतिक भएको हुँदा बुद्धको प्रतिमा दर्शन मात्र गर्दा पनि मन शान्त हुन्छ । मैले तीन चार वर्ष पहिलादेखि नै यो ठाँउमा एउटा ठूलो बुद्धको प्रतिमा स्थापना गर्ने योजना थियो, त्यो योजना आज सम्पन्न भएको छ । बुद्धको प्रतिमा स्थापना गर्नपाउँदा मलाई अति नै खुशी लागेको छ । उहाँले बुद्ध प्रतिमा स्थापना गरिएको डाँडामा नेपालमा पाईन्ने सबै प्रजतिका बोटविरुवाहरु पनि रोपेको छ ।

The post ताप्लेजुङको सुकेटारमा १८ फिटको बुद्ध प्रतिमा स्थापना appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com http://bit.ly/2Vvlfvd

No comments:

Post a Comment

Pages