कोरियाबाट हुण्डी गर्ने देशभक्तहरूका नाममा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, March 16, 2019

कोरियाबाट हुण्डी गर्ने देशभक्तहरूका नाममा

पछिल्लो समय हुन्डीबाट ठगिएर आफ्नो मेहनतको कमाइ गुमाएका केही प्रतिनिधि घटना सार्वजनिक भएका छन् । उक्त घटनाको प्रकृति हेर्दा कोरियाका नेपालीले अझै पनि ‘पाठ’ नसिकेको देखिन्छ। कोरियामा हुण्डिवालाले पैसा उठाएर फरार भएको घटना नयाँ विल्कुल होइन।

रेमिट्यान्स कम्पनीहरूको एक किसिमले भन्नुपर्दा ‘बाढी’ नै आएको अहिलेको अवस्थामा हुण्डिबाट ठगिएको घट्ना दोहोरिनु चाही नौलो घटना मान्नुपर्छ। हुण्डि गर्ने व्यक्तिले वैधानिक च्यानलहरू (बैंक वा रेमिट्यान्स) ले तोकेको विनिमय दरभन्दा केही कम दरमा पैसा पठाइदिने लोभमा आफ्नो कमाइलार्इ त्यसरी जोखिममा राख्नु अब आवश्यक छैन । कोरियाको समाजसेवी भनेर परिचित व्यक्तिको अनुहार हेरेर विश्वासमा हुण्डि गरेको घटनाका पीडितको प्रतिक्रियाले कोरियामा समाजसेवाको वास्तविक धन्दा पनि उजागर गर्छ।

हुण्डी कारोबारीको समाज सेवा गर्ने, सामाजिक संघ संस्थाको पद ओगट्ने काम भनेको ‘देखाउने दाँत’ मात्र भएको छ। यसो भनिरहँदा सामाजिक संघ संस्थाका पदाधिकारीहरू सबै हुण्डी कारोबारी हुन् भनेर भन्न खोजिएको होइन। तर, गलत नियत बोकेर संस्थाको नाम भजाएर यसको फाइदा उठाउने प्रवृत्ति व्याप्त रहेको कुरालाई कसैले पनि भुल्नुहुन्न।

हिजो विश्वास गरेर हुण्डि मार्फत पैसा दिदै आएका वा कोरियामा समाजसेवा गर्ने भन्दैमा अवैधानिक कार्य गर्न विश्वासयोग्य नहुने कुरा त पहिले नै प्रमाणित तथ्य हो। अहिलेको अवस्थामा सोही घटना फेरि दोहोरिन्छ भने ‘के गर्छस् मंगले, आफ्नै ढङ्गले’ भनेजस्तै उल्टै पीडितको दोष हुन जान्छ ।

दक्षिण कोरियाको सउलस्थित नेपाली राजदूतावासले उजुरी आए कारवाही हुन्छ भनेको छ। तर, पैसा उठाएर फरार भएका वा पैसा खाएको हो भनेर कवुल गर्दै पैसा फिर्ता गर्छु भन्ने तर नगर्ने, त्यस्ता व्यक्तिहरूलाइ कुनै पनि किसिमको कारवाही भएको वा पीडितले क्षतिपूर्ति पाएको तथ्य हालसम्म भेटिएको छैन । त्यसैले सबैले आफै सचेत हुन जरूरी देखिन्छ ।

केही समय अगाडि एक पत्रिकासँग कुरा गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाले कोरियाबाट ७० प्रतिशत रकम हुन्डीबाटै नेपाल भित्रिने गरेको बताएका थिए।

यद्यपी उनले औंपचारिक माध्यबाट रेमिट्यान्स भित्रिने क्रम बढेको पनि बताएका थिए। तर, विदेशमा बसेर नेपालको चिन्ता गर्ने, नेताहरूले देश बिगारे भनेर गाली गर्ने र आफूलार्इ सबैभन्दा ठूलो देशभक्त ठान्नेहरू यहाँ छ्यास छ्यासति भेटिन्छन्।

कोरियामा यति धेरै देशभक्तहरूको जमात छ, जहाँ तुलनात्मक रूपमा (खाँडी मुलुकहरू भन्दा) भाषा परीक्षाको मापदण्डका कारण शिक्षित व्यक्तिहरू नै धेरै आएका हुन्छन्। तिनीहरू नै यहाँ आएपछि आफूले कमाएको रकम ‘सस्तोमा पठाइदिने हुण्डीले नै खावोस्’, ‘हुण्डीवाला नै धनी होस्’ भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति सम्म दिएको पाइयो। यो ती व्यक्तिहरूको प्रतिनिधि भनाइहरू हुन् जो पैसा पठाउने अनौपचारिक माध्यमको प्रयोग गर्ने ७० प्रतिशत भित्र पर्छन्।

नेपालमा सामान्य अफिसमा काम गर्ने एक जना कर्मचारीले महिनाको रू.१५/२० हजार कमाउँदा पनि १३ प्रतिशत कर राज्यलाई बुझाउँछ। कोरियामा काम गर्ने एक जना व्यक्तिले औषत रू. १ लाख ५० हजार कमाउँछ । जुन आम्दानीको कर नेपाल सरकारलाइ बुझाउनु पर्दैन। अनि त्यो कमाइ वैधानिक तवरमा नेपालमा पठाइदिँदा मात्र पनि विदेशी मुद्राको सन्चिती भएर देशलाई फाइदा पुग्छ भन्दा त्यति पनि नगर्ने।

हुन्डीबाट १/२ हजार रूपैयाँ बढी पठाउन सकिन्छ भनेर १/२ हजारको लोभमा ठूलो रकम जोखिममा राखेर अवैधानिक माध्यमको प्रयोग गर्ने। अनि राज्यप्रति हाम्रो दायित्व चाहि कहिले कसरी पुरा हुन्छ?

हामी देश बनेन भनेर अरूलाई गाली गर्ने, नेतालाई दोष दिने। तर, आफूले गर्न सकिने वा गर्नैपर्ने सामान्य काम पनि गर्न तयार नहुने भएपछि कसरी बन्छ देश? अरूलाइ गाली गर्ने हैसियत तब मात्र हुन्छ, जब हामी आफूले गर्नुपर्ने सामान्य कर्तव्य पुरा गर्छौ।

सउलस्थित राजदूतावासको श्रम सहचारी डिल्लीराम बास्तोलाले अवैधानिक रूपमा पैसा पठाउने व्यक्ति कुनै पनि बेला सम्पत्ति शुध्दिकरणको फन्दामा पर्न सक्ने बताउँछन्। भोलि घर जग्गा किन्ने बेलामा वा एकैचोटी ठूलो रकम कारोबार गर्नुपर्ने अवस्थामा आम्दानीको वैधानिक श्रोत के हो भनेर खोजी हुन सक्छ।

त्यसबेला कोरियाबाट कमाएको भनेर ङिच्च दाँत देखाएर मात्र हुँदैन। औपचारिक माध्यमबाट पैसा नेपाल भित्रिएको प्रमाण पेश गर्नुपर्ने हुन्छ। भोलि कुनै पनि बेला कडाइका साथ नियम लागू हुने बास्तोलाको भनाइ थियो।

नेपालमा वैधानिक तवरबाट पैसा पठाउन हाल कोरियामा ११/१२ वटा रेमिट्यान्स कम्पनीहरू छन्। ती सबै कम्पनीहरूले प्रतिस्पर्धामा विनिमय दर तोकेका हुन्छन्। प्रायः सबै कम्पनीहरूले अनलाइनमार्फत ग्राहकहरूलाई पैसा पठाउनको लागि पुरा गर्नुपर्ने आवश्यक शर्तहरूका साथै पैसा पठाउने तरिकाको बारेमा जानकारी नेपाली भाषामै दिन्छन्।

बिदाका दिनहरूमा पनि सेवा खुला हुन्छ। वैधानिक माध्यमबाट पैसा पठाउनका लागि यति धेरै सुलभ माध्यम उपलव्ध हुँदा हुँदै पनि देशलाइ समेत घाटा हुने अवैधानिक माध्यमबाट किन पैसा पठाउने? अब त हुण्डिबाट पैसा ठगिएको कुरा लाजको विषय बन्छ
-setopati

The post कोरियाबाट हुण्डी गर्ने देशभक्तहरूका नाममा appeared first on .



from https://ift.tt/2FfYp4R

No comments:

Post a Comment

Pages