मिस फेस अफ हेटौंडा २०१९ को विजेता सफलता नेपाली - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, March 17, 2019

मिस फेस अफ हेटौंडा २०१९ को विजेता सफलता नेपाली

मिस फेस अफ हेटौंडा २०१९ का ६ प्रतिष्पर्धीलाई पछी पार्दै सफलता नेपालीले जित हात पार्न सफल भएकी छिन् ।
हेटौंडामा शनिबार राती सम्पन्न प्रतियोगिताको फाईनलमा निर्णायकको मन जित्दै १६ बर्षिया सफलताले उपाधी हात पारेकी हुन् ।
मिस फेस अफ हेटौंडाको उपाधीसँगै थाहा नगर ३ पालुङ्गकी उनले नगद २० हजार र उपहार पाईन् । प्रतियोगितामा सुजिना तामाङ फस्ट रनरअप र बसन्ती तितुङ सेकेण्ड रनरअप हुन सफल भईन् । तामाङले आकर्षक उपहार पाईन् भने तितुङले उपहारसँगै भ्युअर्स च्वाईस उपाधी र मिस फोटोजेनिक टाईटल पनि हात पारिन् ।

६ टाईटल उपाधी प्रदान गरिएको प्रतियोगितामा पेमा तामाङले मिस बेस्ट स्कीन, दिप्सी भुसालले मिस हेयर, मोनिका ढकालले मिस बेस्ट कन्फीडेन्ट, सरुना ढुङ्गानाले मिस बेस्ट डिसिप्लीन टाईटल जित्न सफल भए ।
युवतीहरुको व्यक्तित्व विकास, मनोबल विकास र नारी सशक्तिकरण गर्ने उदेश्यले प्रतियोगिता गरिएको कार्यक्रम संयोजक रुएल सुनारले बताए । लिप्पो फेन्सीले आयोजना गरेको प्रतियोगिताको फाईनल प्रदेश नम्बर ३ की सांसद जुनेली श्रेष्ठको प्रमुख अतिथ्यमा भएको थियो ।
मोडल तथा नायिका प्रमिता राज्यलक्ष्मी शाह प्रमुख निर्णायक रहेको प्रतियोगितामा कोरियोग्राफर सोफिया फागो, मोडलहरु सद्दाम हुसेन, संकेत बस्याल र अनमोल जंग क्षेत्री निर्णायक रहेका थिए ।

The post मिस फेस अफ हेटौंडा २०१९ को विजेता सफलता नेपाली appeared first on .



from https://ift.tt/2TSwcJv

No comments:

Post a Comment

Pages