बौद्धमार्गी सडकमा , खादाको बिरोध नगर्न सरकारको ध्यानाकर्षण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, March 24, 2019

बौद्धमार्गी सडकमा , खादाको बिरोध नगर्न सरकारको ध्यानाकर्षण

बौद्ध धर्मावलम्वीले पवित्र वस्तुको रुपमा प्रयोग गर्दै आएको खादाको विभिन्न तहमा बिरोध र विभेद गरेको भन्दै बौद्ध धर्मावलम्बीलेहरु राजधानी काठमाडौमा बृहत बिरोध सभा आयोजना गरे । पछिल्लो समय खादा प्रति केही विभिन्न आक्षेप तथा लान्छाना लगाउने किशिमको कृयाकलाप भइरहेको भन्दै नेपाल बौद्ध महासङ्ग सहित विभिन जातीय संघसंगठनले आज ११ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शनी गरेको हो । हिमाली बौद्ध धर्मावलम्वीहरुका लागि खादा धार्मिक तथा सांस्कृतिक रुपले निकै महत्वपुर्ण भएका कारण त्यसको बिषयमा जानकारी लिन भन्दा पनि सामाजिक सद्भाव भड्काउने किशिमका अभिव्यक्ति वा गतिविधि गरेको भन्दै बौद्धमार्गीहरुले यसतर्फ ध्यानाकर्षण समेत गराएको छ ।

विशेषत केही दिन अघि नेकपा नेता खगराज अधिकारीले खादा फ्रि तिब्बत बिरोधी नारा लेखिएको हुने आक्षेप लगाएदेखि बौद्धमार्गीहरु आक्रोशित बनेका हुन् भने विभिन्न माध्यमबाट बिरोध तथा कारबाहीको माग समेत गर्दै आएको छ । समय समयमा आउने यस्ता खादा विरोधी अभिव्यक्तिलाई हिमाली समुदायले खादा प्रतिबन्द्ध लगाउने सुनियोजित षडयन्त्र भएको आशंका गरेका छन् ।



from Sherpa media Group Nepal https://ift.tt/2Oo4xuR

No comments:

Post a Comment

Pages