मातृभाषाको संरक्षण अभियान घरबाट नै हुनु पर्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 25, 2019

मातृभाषाको संरक्षण अभियान घरबाट नै हुनु पर्ने

काठमाडौँ, फाल्गुन १३ । अन्तराष्ट्रिय मातृभाषा दिवस फाल्गुन ९ (फेव्रवरी २१) लाई नेपालका आदिवासी संघसस्थाहरुले विभिन्न कार्यक्रम,गोष्ठी आयोजना गरि मनाइरहेका छन ।

नेपालका आदिवासीहरुको मातृभाषाको संरक्षण र विकासमा सरोकारवालाहरुको सहकार्य र संमन्वय कस्तो रहेको छ भन्ने जानकारी दिन आदिवासी जनजाती महिला महासंघ नेपालले स्मार्ट क्याफे धुम्वराहीमा एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । एस.आइ. एल. इन्टरनेश्नल नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा आदिवासी जनजाती महिला महासंघसँग आवद्ध रहेका जातिय संघसस्थाहरु र आदिवासीका हकअधिकार सम्बन्धी काम गर्दे आएका संघसस्थाहरु सहभागी रहेको थियो ।
भाषाको संरक्षण घर, समुदायबाट हुनु पर्ने र मातृभाषालाई संरक्षण गर्न आमाको ठुलो भुमिका हुने गरेको कार्यक्रममा सहभागीहरुले बताए ।

कार्यक्रममा भाषा विदहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । संघले बार्षिक रुपमा मातृभाषा दिवसको दिन परेको मातृभाषा संरक्षण अभियानका लागि कार्यक्रम आयोजना गर्दै आएको छ ।

The post मातृभाषाको संरक्षण अभियान घरबाट नै हुनु पर्ने appeared first on .



from https://ift.tt/2SpX6Ui

No comments:

Post a Comment

Pages