सोलुखुम्बुमा सडकको लागी जग्गा नदिएको भन्दै भाँडभैलो - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 25, 2019

सोलुखुम्बुमा सडकको लागी जग्गा नदिएको भन्दै भाँडभैलो

सोलुखुम्बु / सोलुखुम्बुको माप्य दुधकोसी गाँउपालिका वडा नं ६ बाट गाँउपालिका जोड्ने सडक ट्रयाक ओपनका लागि सर्भे गर्ने क्रममा विवाद सिर्जना भएको छ । गाँउपालिकाको परिपत्र अनुसार फापरे–तुरफ्यार–जलेश्वरी स्कुल–पसलटोल–रेग्मीटोलबाट लाम्बगार बजार हुदै निर्माण गर्न लागिएको सडकको आज सर्भे गर्ने क्रममा पसलटोलका स्थनीयबाट विवाद आएको हो । भोलीबाट सडक ट्रयाक ओपनको कार्य सुरु गर्ने भनी सर्भे सुरु गरेको उपभोक्ता समितिमा अहिले स्थानीयको विवादका कारण अन्योलता उत्पन्न भएको छ ।

यद्यपी १७ सदस्यीय उपभोक्ता समितिका अध्यक्ष हिराकाजी रेग्मी मगरले भने केही व्यक्तिले सडक निर्माणमा विवाद सिर्जना गर्दैमा आफ्नो काम कर्तव्यबाट पछि नहट्ने बताउनुभएको छ । पसलटोलमा जग्गा प्राप्त नभएपछि अर्कै स्थानबाट सडक ट्रयाक ओपनको कामलाई तिब्रता दिने समितिले निर्णय गरेको छ । जलेश्वरी–तामाखानी–विदेशीटोल–खानीडाँडा हुदै लाम्बगार जोडिने गरी रोडको रुट घुमाईएको अध्यक्ष मगरको भनाई छ ।

पसलपानीका केही स्थानीयले सडक ट्रयाक खाेल्नका लागि जग्गा नदिने भए पछि सडक ट्रयाक ओपनको काम अन्योलमा परेको उपभोक्ता समितिका अध्यक्ष हिरा काजी रेग्मी मगरले बताए पनि पसलपानीका स्थानीयले भने सडक ट्रयाक ओपनमा जग्गाको विषयमा भन्दा पनि कुन स्थानबाट लाने भन्ने विषयका कारण विवाद आएको बताएका छन् । त्यहाका केही स्थानीयले पसलटोल र जलेश्वरी कुन ठाँउबाट सडक लाने भन्ने विषयमा विवाद हुदाहुदै पनि १७ सदस्यीय उपभोक्ता समिति गठन गरेको आरोप लगाएका छन् । यद्यपी गाँउपालिकाका योजना साखा प्रमुख पशुपति पोख्रेलले भने उपभोक्ता समिति गठनमा कुनै विवाद नभई सर्भे गर्ने क्रममा मात्र विवाद सिर्जना भएकाले समन्वय गरी उक्त विवादलाई सुल्झाउने आश्वासन दिनुभएको छ ।

The post सोलुखुम्बुमा सडकको लागी जग्गा नदिएको भन्दै भाँडभैलो appeared first on .



from https://ift.tt/2NtUSm7

No comments:

Post a Comment

Pages