१० औ खुम्बु लोसार कप आजबाट सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 2, 2019

१० औ खुम्बु लोसार कप आजबाट सुरु

काठमाडौँ, माघ १९ । सोलुखुम्बु जिल्लाको माथिल्लो भेग खुम्बुले बार्षिक रुपमा आयोजना गर्दै आएको १० औँ खुम्बु लोसार कप आजबाट सुरु भएको छ ।
बार्षिक रुपमा आयोजना हुने यो प्रतियोगिता शेर्वी युल्देन छोक्पा र खुन्दे कम्युनिति क्लवले संयुक्त रुपमा आयोजना गरेको हो ।
खेलको माध्यमबाट माथिल्लो भेग खुम्बुका युवा पिडिहरुलाई एकजुट गराउन र जाडो महिलामा माथिल्लो भेगका प्रया सवैजसो काठमाडौमा आउने भएकाले एकअर्कामा भेटघाट र सहकार्य गराउन बार्षिक रुपमा खेल आयोजना गर्दै आएको संचार संयोजक लाक्पा नुरु शेर्पाले जानकारी दिनुभयो ।
थामे रिन्पोचेको प्रमुख आतिथ्यमा सुरु भएको यस बर्षको खेलमा ७ टिम सहभागी रहेको संचार संयोजक शेर्पाले जानकारी दिएको छ ।
पहिला शेर्वी युल्देन छोक्पाले आयोजना गर्दै आएको खेललाई यस बर्ष देखि सहकार्य (लावा प्रणाली)मा लगेको छ ।
खेल एक हप्तासम्म सानो गौचरण फुटवल ग्राउनमा चल्ने आयोजकले जानकारी दिएको छ ।

The post १० औ खुम्बु लोसार कप आजबाट सुरु appeared first on .



from http://bit.ly/2D3us5P

No comments:

Post a Comment

Pages