कला साहित्यको माध्यमबाट पर्यटनको बिकास - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 2, 2019

कला साहित्यको माध्यमबाट पर्यटनको बिकास

काठमाडौं, माघ २० । काठमाडौको जोरपाटीमा प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको प्रमुख आतिथ्यमा ओखलढुङगा कला साहित्य समाज र ओखलढुङगा पर्यटन विकास समितिको संयुक्त कार्यालय उदघाटन गरिएको छ । कार्यालय उदघाटनसगै लोसार शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

ओखलढुङगालाई राजनीति क्षेत्रबाट भन्दा पनि साहित्य क्षेत्रबाट चिन्ने गरेको सांसद यज्ञराज सुनुवारले बताउनुभयो । रुम्जाटार, पोकली झर्ना, थोलेदेम्बा लगायत स्थानहरुले ओखलढुंगाको पर्यटकीय सम्भावना बोकेकाले यसलाई थप विकास र हौसला दिनको निमित्त संस्था स्थापना भएकोमा खुसी व्यक्त गर्नुभयो ।

ओखलढुङगा कला सहित्य समाजका अध्यक्ष गायक गोम्बु शेर्पाले आफ्नो जन्मभूमिको निमित्त पर्यटन र साहित्यको माध्यमबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँले ओखलढुङगाका कलाकार साहित्यकार सबै एकजुट गर्दै ओखलढुगांको बिकासमा लागिपर्ने र यसका लागि राजनीतिक क्षेत्रबाट उतिकै सहयोग रहनुपर्ने बताउनुभयो ।

The post कला साहित्यको माध्यमबाट पर्यटनको बिकास appeared first on .



from http://bit.ly/2RASP0a

No comments:

Post a Comment

Pages