देशविदेशमा लोसार भव्यताका साथ मनाउने तयारी (कुनकुन देशमा मनाउदै छ) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, February 1, 2019

देशविदेशमा लोसार भव्यताका साथ मनाउने तयारी (कुनकुन देशमा मनाउदै छ)

देशविदेशमा लोसार भव्यताका साथ मनाउने तयारीमा (कुनकुन देशमा मनाउदै छ)
लोसार नया वर्ष हर्सोउल्लासका साथ मनाउदै हिमाली समुदाय
हिमाली समुदायको नयाँ बर्ष लोसार पर्व सुरु भएको छ । लोसार देश तथा विदेशमा भव्यताका साथ मनाउने तयारी भइ रहेको छ । नेपाल लगायत विश्वभरि तमु,सोनाम र ग्याल्पो लोसार मनाइरहेका छन । नयाँ साल २१४६ औ स फो फाक् लो ग्याल्पो लोसार पुरानो सालको विदाइ गर्दै नया सालको आगमनको खुसीमा घरपरिवार, आफन्तजन र विश्वमा शान्तिको कामनाका साथ मनाइने गरिन्छ ।
कुनकुन देशमा कसरी मनाइदैछ लोसार ।
नेपाल
लोसार गुथुक साझ
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले बार्षिक रुपमा मनाउदै आएको लोसार गुथुक साझ यस बर्ष माघ २० देखि २२ गतेसम्म हायत चौर चुच्चेपार्टीमा मनाउन लागि रहेको छ ।
माघ २४ गते शेर्पा गुम्बामा ल्हप्सो कार्यक्रम
शेर्पा गुम्बामा बार्षिक रुपमा ल्हप्सो व्यावस्थापन समितिले आयोजना गर्दै आएको ल्हप्सो यस वर्ष माघ २४ गते मनाइने भएको आयोजकले जानकारी दिएको छ ।
विदेशी भुमिका रहेर पनि आफ्नो भाषा, कला सांस्कृतिको संरक्षण अभियानमा जुटेका हिमाली समुदायले किदुक, छोक्पा, संघसस्थाहरु स्थापना गरि लोसार कार्यक्रम भव्यताका साथ मनाउने तयारी गरि रहेका छन
किदुक दोहा
शेर्पा किदुक दोहा कतारले फाल्गुन २४ मार्च ८ तारिकका दिन लोसार कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष ङवाङ कुसाङ शेर्पाले जानकारी दिएका छन । यो किदुकको पहिलो प्रस्तुति हो । गायक गम्बु शेर्पा, विवेक लामा, गायिका निर्मला घिसिङ, गायक लाक्पा अमोद र डिजे तेन्जीको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
हङकङ
शेर्पा किदुक हङकङले माघ २७ गते फेव्रवरी १० तारिका दिन लोसार कार्यक्रम गर्ने लागेको पि लामा शेर्पाले जानकारी दिनुभएको छ । लोसार कार्यक्रमसगै धर्मगुरुबाट आशिर्वाद लिदै गुम्पा दर्शन गर्न जाने शेर्पाले जानकारी दिनुभयो ।
साइप्रस
शेर्पा किदुक साइप्रसले यही माघ २७ गते फेव्रवरी १० तारिका दिन बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
किदुकले बार्षिक रुपमा लोसार कार्यक्रम आयोजना गर्दै आएको छ ।
इजरायल
शेर्पा संघ इजरायलले यही चैत्र २ गते मार्च १६ तारिकका दिन ग्याल्पो लोसार साझ २०७५ आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा लोसार कार्यक्रम मनाउन लागिएको छ ।
अमेरिका
शेर्पा किदुक अमेरिकाले फेव्रवरी ३ तारिकबाट लोसार कार्यक्रम मनाउने भएको छ । अध्यक्ष उर्गेन शेर्पाका अनुसार ३ तारिक ग्यासी पुजा, गुथुक र स्याब्रु नृत्य प्रतियोगिता, फेव्रवरी ५ तारिक विश्व शान्ति पुजा, ९ तारिक लोसार सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
पोचुगल
शेर्पा सोसाइटि पोर्टुगलले यही माघ २२ गते फेव्रवरी ५ का दिन ल्हप्सो पुजा कार्यक्रम गर्ने तयारी गरिरहेको आयोजकले जानकारी दिएको छ । भने मार्च ३ गते लिस्बोनमा लोसार कार्यक्रम गर्ने भएको छ ।
जापान
शेर्पा संघ जापानले यही फाल्गुन ५ गते फेव्रवरी १७ तारिकका दिन लोसार कार्यक्रम गर्ने तयारी गरि रहेको सल्लाहकार ङवाङ सेरा शेर्पाले जानकारी दिनु भएको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ लोसार कार्यक्रम गर्न लागेको हो ।
दुवाइ
शेर्पा किदुक युएइले यही फाल्गुन १७ गते मार्च १ तारिकका ल्हासार साझ २०७५ आयोजना गर्ने भएको छ । लोसार कार्यक्रमलाई भव्य पार्न विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरि रहेको छ ।
बेल्जियम
शेर्पा किदुक बेल्जियमले फेव्रवरी ७ तारिकका दिन ल्हप्सो पुजा गर्ने भएको । बार्षिक रुपमा किदुकले ल्हप्सो पुजा लगायत विविध कार्यक्रमहरु आयोजना गर्दे आएको छ ।
पोल्याण्ड
पोल्याण्ड शेर्पा किदुक फेव्रवरी १६ तारिका दिन ग्याल्पो लोसार सांस्कृतिक कार्यक्रम २०७५ गर्न लागेको छ । पोल्याण्ड शेर्पा किदुकको स्थापना भएको एक वर्ष भएको छ । विदशी भुमिका मिलिजुलि विभिन्न चार्डपर्वहरु मनाउनका लागि किदुकको स्थापना आवश्यकता देखेर किदुक स्थापना भएको थियो ।
स्विजल्याण्ड
शेर्पा सोसाइटि स्विजल्याण्डले यस वर्ष फेव्रवरी ९ तारिक ग्याल्पो लोसार २०१९ मनाउने भएको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ किदुकले लोसार कार्यक्रम गर्न लागेको हो ।
हामी नेपाली, विविध जातजाती रहेको देश । विभिन्न चाडपर्वहरु एकअर्कामा शुभकामना आदनप्रदानका साथ हर्सौउल्लासका साथ मनाउने गरिन्छ ।
यस वर्षको लोसर (नया वर्ष)ले सम्पुर्णको घरपरिवारमा सुखशान्ति र समृति कायम होस् । देशमा शान्ति कायम होस् भन्ने हिमाली सन्देश परिवार कामना गर्दछौ
हिमाली सन्देश विशेषगरि हिमाली समुदायको आवाज विहिनहरुको आवाजलाई बुलन्द रुपमा बाहिर ल्याउनका लागि संचालन गरिएको अनलाइन पत्रिका हो । यसमा हामीले विशेषगरि हिमाली समुदायलाई प्रथामिकता दिने गरेका छौ । तपाई बसेको वरीपरि केही घटना भएमा हामीलाई संम्झन सक्नु हुनेछ र लेखरचना भएमा पठाउन सकिन्छ ।
हिमाली सन्देश परिवार
बौद्ध, काठमाडौँ ।

The post देशविदेशमा लोसार भव्यताका साथ मनाउने तयारी (कुनकुन देशमा मनाउदै छ) appeared first on .



from http://bit.ly/2t1O2Lq

No comments:

Post a Comment

Pages