गायक सोनामका साथमा साइप्रसमा ग्याल्पो लोसार - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, February 12, 2019

गायक सोनामका साथमा साइप्रसमा ग्याल्पो लोसार

साइप्रस । स मो फाग् ल्हो २१४६ औं ग्याल्पो लोसार यहाँ भव्य रुपमा मनाइएको छ । सेलो तथा नादिङ गायक सोनाम शेर्पा कोसिसका साथमा लोसार मनाएको हो । शेर्पा किदुग साइप्रसले कार्यक्रम आयोजना गरेको थियो । हिमाली भेगका नेपाली बौद्धमार्गी लगाएत विश्वमा मनाउँदै आएको लोसार पर्व विगतमा जस्तै यस बर्षपनि नेपालीहरुको वाक्लो उपस्थितीमा मनाएको अध्यक्ष नुमु शेर्पाले जानकारी दिइन् । सो अवसरमा विभिन्न संस्कृति, भेषभुषा, गरगहानामा आफ्नो पहिचान झाल्किने पोशाकसहित नेपालीहरु उपस्थित थिए । नेपाली कन्सुलर रामजीवन पञ्जियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैर आवसीय नेपाली संघ साइप्रसका अध्यक्ष सुवास मल्ल लगायत सहभागि थिए । शेर्पा जातिको मौलिक संस्कृति झल्किने श्याब्रु नृत्यबाट शुरु भएको कार्यक्रममा बालकलाकारहरु क्रियाकी र एलिजावेथले नृत्य प्रस्तुत गरेरका थिए ।
ल्होसार शुभकामना आदनप्रदान र वैदेशिक रोजागारीका क्रममा त्यहाँ पुगेका नेपालीहरुवीच आपसी भातृत्व र खुसीयाली साटासाट गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालीहरुले सम्पूर्ण प्राणी जगतको सु–स्वास्थ्य, सुख, शान्ति, सम्मृद्धि, दिर्घायू तथा उतरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दै खुसी साटासाट गरे । कार्यक्रममा गायक सोनाम शेर्पाले आफ्नो चर्चित गीतहरु सुनाएका थिए । कार्यक्रममा सहभागिलाई मनोरञ्जन दिलाउन गायक शेर्पा पोर्तुगलदेखि आएका थिए ।

शेर्पा किदुग साइप्रसको अध्यक्षमा निमा याङजुम शेर्पा चयन भएको छ । आगामी तीन बर्षे कार्यकालको लागि बरिष्ठ उपाध्यक्षमा आङ निमा लामा, महासचिवमा ङिम दिकि शेर्पा, सचिवमा फुरलाक्पा शेर्पा, कोषाध्यक्षमा कान्छी लामा, सह–कोषाध्यक्षमा छोटि शेर्पा लगायत १५ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यक्रम साईप्रसको सुन्दर शहर लिमासोलमा सम्पन्न भएको नवनिर्वाचित महासचिव ङिम दिकी शेर्पाले शेर्पाखबरलाई जानकारी दिइन् । निवर्तमान अध्यक्ष नुमुलाई किदुगको सल्लाहकारको रुपमा चयन गरेको शेर्पाले जनाए ।

The post गायक सोनामका साथमा साइप्रसमा ग्याल्पो लोसार appeared first on .



from http://bit.ly/2Iho694

No comments:

Post a Comment

Pages