तामाङ समाज अमेरिकाले सात जना समुदायको प्रवुद्द व्यक्तित्वहरुलाई सल्लाहकारमा मनोनयन गरेको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ । संस्थाको विधानको धारा ३४ अन्तर्गत सल्लाहकार समित गठन गरिएको बिज्ञप्तिमा उल्लेख छ । मनोनित सल्लहाकारहरुमा भोजराज थोकर (न्युयोर्क), रेशम बल तामाङ (क्यालिफोर्निया), डा. आशलाल तामाङ (मिनिसोटा), राजेन्द्र लामा (क्यालिफोर्निया), नरेन्द्र तामाङ (क्यालिफोर्निया), चुन्टीयु लामा (कनेक्टिकट) र कानूनी सल्लाहकार डिल्ली राज भट्ट (न्युयोर्क) छन् ।
न्युयोर्क निवासी भोजराज थोकर नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय, क्यालिफोर्निया निवासी रेशम बल तामाङ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) क्यालिफोर्निया शाखाका निवर्तमान अध्यक्ष, क्यालीफोर्निया निवासी राजेन्द्र लामा तामाङको-अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका संस्थापक महासचिव, अर्का क्यालिफोर्निया निवासी नरेन्द्र तामाङ स्थानीय समाज सेवी, कनेक्टिकट निवासी चुन्टीयु लामा समाजसेवी र व्यबसायी हुन् ।
त्यसै गरेर संस्थाको कानूनी सल्लाहकारका रुपमा “भट्ट ल एण्ड एसोसियट्स” का प्रमुख डिल्ली राज भट्ट छन् । डिल्ली राज भट्ट न्युयोर्कका वरिष्ठ कानूनविदका रुपमा चिरपरिचित छन् ।
तामाङ समाज अमेरिकाको विधान अनुसार सल्लाहकार समितिको अध्यक्षता संस्थाकै अध्यक्षले गर्ने प्रावधान छ भने महासचिव पदेन सदस्य सचिव रहनेछ ।
The post तामाङ समाज अमेरिकाद्वारा सात सदस्यीय सल्लाहकार समिति गठन appeared first on .
from http://bit.ly/2H3quzz
No comments:
Post a Comment