सोलुखुम्बु प्रशासनद्धारा ठुलो मात्रामा म्याद गुज्रिएका खाद्य सामाग्री जफत । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 22, 2019

सोलुखुम्बु प्रशासनद्धारा ठुलो मात्रामा म्याद गुज्रिएका खाद्य सामाग्री जफत ।

माग ७ ः सोलुखुम्बु जिल्ला प्रशासनले करिब १ लाख मूल्य बराबरको खाद्य बस्तु बरामद गरेको छ । बजार अनुगमनबाट सल्लेरीको नयाँ बजार देखि जिरो प्वाइन्ट सम्मका १२ वटा पसलहरुबाट उक्त मुल्य बराबरको म्याद नाघेका खाद्य बस्तु बरामद गरिएको हो ।

आम सर्वसाधारणको गुनासो आए पछि जिल्ला प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवालाको सहभागितामा सोमबार बजार अनुगमन गरिएको हो । जिल्ला प्रशासनको नियमित कार्यक्रम अन्तर्गत बजार अनुगमन गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगरको भनाइ छ । नागरिकको अधिकारमाथि खेलवाड गर्ने अधिकार कसैको नभएको प्रजिअ रानाले बताउनुभयो । जिल्लाको दुर्गम भेगहरुमा म्याद गुज्रिएका खाद्य बस्तु विक्रि भईरहेको भन्ने जानकारी प्रसाशनमा आएकाले त्यस्ता ठाउँहरुमा पनि प्रशासनले अनुगमन गर्ने जनाएको छ ।

सोमबारको बजार अनुगमनबाट २ सय २१ प्याकेट विस्कुट, १ सय ४४ बोतल फ्यान्टा, रियल जुस र वुस्ट जुस गरि २२ वटा लगायत २६ वटा खाद्य पदार्थ र पेय पदार्थ बरामद गरिएको प्रशासनले जनाएको छ । अव जिल्लामा आउने सामान र जिल्लाको सदरमुकामबाट जिल्लाका अन्य स्थानमा जाने सामानको अनुगम गरिने प्रशासनको भनाइ छ । म्याद सकिएका सामान विक्रि गरिएको पाइएमा कानुन अनुसार कार्वाहि गरिने प्रसाशन कार्यलय सोलुखुम्बुले जनाएको छ ।
-radio solu

The post सोलुखुम्बु प्रशासनद्धारा ठुलो मात्रामा म्याद गुज्रिएका खाद्य सामाग्री जफत । appeared first on .



from http://bit.ly/2FR4Ex1

No comments:

Post a Comment

Pages