सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 22, 2019

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर

८ माघ, डडेल्धुरा । सुदूरपश्चिमका डडेल्धुरालगायतका पहाडी जिल्लाहरुमा गएरातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित भएको छ ।

पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएपछि चिसो बढेको हो । डडेल्धुरा सदरमुकाममा बिहान ५ बजेदेखि हिमपात सुरु भएको छ भने उच्च लेकाली भागमा राति नै हिमपात भएको हो । भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ ।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन् ।

लामो समयसम्म वर्षा नहुँदा चिन्तित यहाँका किसान चिसोको कहरले भन्दा बालीनाली सप्रने आशाले खुसी भएका छन् ।
-Onlinekhabar

The post सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर appeared first on .



from http://bit.ly/2R6XNRQ

No comments:

Post a Comment

Pages