पहिलो मिस टिन शेर्पा २०१९ को उपाधि मिङमार ल्हमु शेर्पा र मिस्टर टीन शेर्पाको तेन्जीङ शेर्पाले जितेका छन । १४ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस टिन शेर्पाको उपाधि मिङमार ल्हमु शेर्पा र ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेन्जीङ शेर्पा मिस्टर टिन बनेका हुन् ।
मंगलबार प्रज्ञा भवनमा आयोजित प्रतियोगितमा मिस टिन शेर्पा तर्फ छोडेन् शेर्पा र ङिमाली शेर्पा क्रमशः पहिलो र दोस्रो रनरअपको ताज पहिरिन् सफल भए भने मिस्टर टिन शेर्पा तर्फ क्रमशः छिरिङ शेर्पा र टासि छिरीङ शेर्पा पहिलो र दोस्रो रनर अप भएका छन् ।
गौतम बुद्ध फिल्स् प्रा.लि ले पहिलो पटक आयोजना गरेको मिस टिन शेर्पा २०१९ बिजेता मिङमार ल्हामु शेर्पा र तेन्जीङ शेर्पाले ताज सहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन, भने, पहिलो र दोस्रोलाई जनहि तीस हजार र २० हजार प्राप्त गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व सांसद जिपछिरिङ शेर्पा, विशेष अतिथि महानायक राजेश हमाल, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, टानका महासचिब आङ पेम्बा शेर्पा समेत सहभागी थिए ।



from Sherpa media Group Nepal http://bit.ly/2TTKxls

No comments:
Post a Comment