१७ जना विद्यार्थीलाई छात्रवृत्ति, १० लाखको अक्ष्यकोष स्थापना गर्ने घोषणा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 7, 2019

१७ जना विद्यार्थीलाई छात्रवृत्ति, १० लाखको अक्ष्यकोष स्थापना गर्ने घोषणा

नेपाल शेर्पा विद्यार्थी संघले आफ्नो स्थापनाको गौरवमय २५ वर्ष पुरा गरेसंगै १० लाख बराबरको छात्रवृत्ति अक्ष्यकोष स्थापना गर्ने घोषणा गरेको छ । संघले आफ्नो स्थापनाको २५ वर्ष अर्थात रजय जयन्तीको अवसरमा आयोजित समारोहमा संस्थाका अध्यक्ष साङगे मिङमा शेर्पाले शेर्पा युवाहरुलाई शिक्षा क्षेत्रमा प्ररित गर्न र कुनै पनि विद्यार्थी आर्थिक समस्याकै कारण शिक्षाबाट बञ्चित नहोस् भन्ने लक्ष्य सहित अक्ष्यकोष आवश्यक भएको बताउनुभयो । प्रदेश सभा सांसद डि.एन लामाको प्रमु आतिथ्यमा आयोजित समारोहमा संस्थापक कार्यसमिति,पुर्व अध्यक्ष साथै समुदायमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउदै आएका विभिन्न व्यतिmत्वहरुलाई पनि सम्मान गरेको थियो । संस्थाको नियमित कार्यक्रम अन्तर्गत यो वर्ष विभिन्न विधामा अध्ययनरत १७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको अध्यक्ष साङगे मिङमा शेर्पाले जानकारी दिनुभयो । त्यस्तै भर्खरै सम्पन्न फुटसल विजेता समूह तथा खेलाडीहरुलाई पनि नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डि.एन लामाले शेर्पा विद्यार्थी संघले समुदायको हक अधिकार साथै विद्यार्थी वर्गको अधिकारका लागि देखाएको निरन्तरता प्रशंसा योग्य रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले शेर्पा समुदायको शिक्षा क्षेत्रको बिकासमा शेर्पा विद्यार्थी संघले महत्वपूर्ण भुमिका खेलेको र यसलाइ अझ सशक्तरूपमा अगाडि बढाइ सम्पुर्ण शेर्पाहरुको पहिचान ,मुल्यमान्यता तथा संस्कृति जग्रेना गर्न यसले भुमिका निभाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै नेता आङकाजी शेर्पाले शेर्पा जातीको पहिचान र मुद्दा जिवित राख्न शेर्पा विद्यार्थी संघलगाएत अन्य संघसंस्थाहरुले महत्वपूर्ण काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममै बोल्दै संघका अध्यक्ष साङ्गे मिङमा शेर्पाले संघलाई थप बलियो र जिम्मेवारी बनाउन आफुहरु निरन्तर लागिपर्ने
त्यस्तै नेता आङ काजी शेर्पाले आफुहरु अझैपनि पहिचानबादी आन्दोलनमा सक्रिय रहेको भन्दै शेर्पा प्रदेशका लागि शेर्पा विद्यार्थीले अग्रसरता लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्व पर्यटनमन्त्री याङकिला शेर्पा, जनजाति महासंघका अध्यक्ष जगद बराम, संघिय समाजवादी पार्टीका केन्द्रीय सदस्य आङकाजी शेर्पा लगायत विभिन्न विशिष्ठ व्यतिmत्वहरुको उपस्थिति रहेको थियो ।



from Sherpa media Group Nepal http://bit.ly/2FgZLgf

No comments:

Post a Comment

Pages