लोसारको पूर्व सन्ध्यामा वृहत साँस्कृतिक कार्यक्रम - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 20, 2019

लोसारको पूर्व सन्ध्यामा वृहत साँस्कृतिक कार्यक्रम

लोसार सुरु हुनु भन्दा १ महिना पूर्व देखिनै लोसारको नौनक देखिन थालेको छ । शेर्पा समुदायको प्रमुख पर्व नयाँ वर्ष २१४६ औं सा मो फाग लो लोसार सुरु हुन अझै १ महिना वाँकी छ । देशभित्रनै लोसारको पहिलो कार्यक्रमको रुपमा डि.एस. म्याक्स क्लव ओखलढुंगाले लोसार विशेष वृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । डि.एस. म्याक्स क्लव ओखलढुंगाले शनिबार राजधानीम आयोजना गरेको कार्यक्रममा नव गायिका आङ दामु शेर्पाको पहिलो गीति एल्बम ‘पहिलो पाईला’ समेत विमोचन गरिएको हो । कायंक्रमबाट शेर्पा समुदायको विभिन्न व्याक्तित्वाहरुलाई सम्मान गरिएको थियो ।

२१४६ औं सा मो फाग लो लोसार साँस्कृतिक कार्यक्रम राजधानीको जोरपाटी स्थित शेर्पा पार्टी प्यालेसमा आयोजना गरिएको थियो । प्रमुख अतिथि पूर्व सभासद पासाङ शेर्पाले शेर्पा स्वयत्त प्रदेशको मुद्दा स्थापना नभएसम्मा लोसारको बिदाको लागि राज्यसँग विमति विसाउनु पर्ने वताउनुभयो । मन्तव्यको क्रममा अर्काे वर्ष देखि यस्तो बिमति बिसाउन नपरोस् भन्ने माग सहित आन्दोलन विसाएको भए पनि शेर्पा प्रदेशको मुद्ध आजै जिवितै रहेको र रहिरहने भन्दै सबै शेर्पा समुदायलाई आफ्नो पहिचान र अधिकारको निम्ति चिन्तन गर्न आग्रह गर्नु भयो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिमा शेर्पा समुदायको प्रतिनिधित्व हुन नसकेको हुनाले लोसारको मिति माघ २२ गते हुनुपर्नेमा गलत भएको र यसबाट नै शेर्पा समुदायलाई कति दमन गरिएको छ भन्ने कुरा प्रष्ट हुने कार्यक्रममा हिमालयन साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले बताउनु भयो । यस्तो गल्ती हुन बारम्बार दोहोरिन नदिन शेर्पा समुदायलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिमा सहभागी गराउन अनुरोध समेत गर्नुभयो ।

यस्तै मन्तव्यको क्रममा शेर्पा संघका अध्यक्ष ए.डी शेर्पाले शेर्पा समुदायको पहिचान र मुद्धकालागि एकजुट भएर अघि बढ्नु पर्ने बताउनुहुदै शेर्पा संघ आगमी दिममा यसका लागि विशेष कार्यक्रमको रुपमा अगि बढ्ने बताउनु भयो । डि.एस.म्याक्स क्लबका अध्यक्ष दावा शेर्पाले कार्यक्रमको समापन गर्दै लोसार सांस्कृतिक कार्यक्रम लोसारको स्वागतको लागि आयोजना गरिएको वताउनु भयो ।

यस्तै प्रदेश नं.३ का सांसद डिएन लामा, पूर्व सभासद बालकृष्ण ढुङ्गगेल तथा आङ दावा शेर्पा, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, टानका महासचिब आङ पेम्बा शेर्पा, हिमालयन साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा, मिस शेर्पा २०१८ दाबुटी शेर्पा, लगायत शेर्पा समुदायको संघ सस्थाका प्रतिनिधीको सहभागिता थियो ।

कार्यक्रममा नेपाल आइडल प्रताप दास, गायक गम्बु शेर्पा, सेलो गायिका ओङमु शेर्पा, गायक सोनाम शेर्पा, जीवन बम्जन, रोमान तामाङ्ग, प्रयास दोङ, मिङमार शेर्पा, साङ्गगे शेर्पा र रोकिनीले प्रस्तुति राख्दै नव गायिका आङ दामु शेर्पाको संगीत यात्राको सफलताको कामना गरेका छन् । कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति, डिजे ङवाङको प्रस्तुति सँगै कार्यक्रम सम्पन्न भएको हो ।

The post लोसारको पूर्व सन्ध्यामा वृहत साँस्कृतिक कार्यक्रम appeared first on .



from http://bit.ly/2FCrw3M

No comments:

Post a Comment

Pages