लोसार विशेष कार्यक्रम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 20, 2019

लोसार विशेष कार्यक्रम सम्पन्न

डि.एस. म्याक्स क्लव ओखलढुंगाले २१४६ औं सा मो फाग लो लोसार विशेष वृहत साँस्कृतिक कार्यक्रम आयोजना भएको छ . लोसार विशेष कार्यक्रमा नव गायिका आङ दामु शेर्पाको गीति एल्बम ‘पहिलो पाईला’ समेत विमोचन गरिएको छ ।

काठमाडौको जोरपाटी स्थित शेर्पा पार्टी प्यालेसमा २१४६ औं सा मो फाग लो लोसार साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । लोसार सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्व सभासद पासाङ शेर्पाले लोसारको बिदाको लागि सधैं जसो राज्यसँग विमति विसाउनु पर्ने र अर्काे वर्ष देखि यस्तो बिमति बिसाउन नपरोस् भन्दै शेर्पा स्वयत्त प्रदेशको मुद्दा आजै जिवितै रहेको र रहिरहने बताउनुभयो ।

कार्यक्रममा हिमालयन साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले नेपाल पञ्चाङ्ग निर्णायक समितिमा शेर्पा समुदायको जानकार व्यक्ति नभएकाले लोसारको मिति माघ २२ गते हुनुपर्नेमा गलत भएको बताउनुभयो । उहाँले पात्रोमा फागुन २२ गते भएकोमा यस्तो गल्ती हुन नदिन शेर्पा समुदायको जानकार व्यक्ति नेपाल पञ्चाङ्ग निर्णायक समितिमा सहभागी गराउन अनुरोध गर्नुभयो ।

कार्यक्रमको विर्सजन गर्दै डि.एस.म्याक्स क्लबका अध्यक्ष दावा शेर्पाले लोसार सांस्कृतिक कार्यक्रम लोसारको स्वागतको लागि आयोजना गरिएको र उपस्थित सबैलाई धन्यबाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा गायक गम्बु शेर्पा, नेपाल आइडल प्रताप दास, आधुनिक तथा सेलो गायिका ओङमु शेर्पा, चर्चित युवा गायक सोनाम शेर्पा, जीवन बम्जन, रोमान तामाङ्ग, प्रयास दोङ, मिङमार शेर्पा, साङ्गगे शेर्पा र रोकिनी साथमा डिजे ङवाङको प्रस्तुति रहेको थियो ।

यस्तै पूर्व सभासद पासाङ शेर्पा, प्रदेश नं.३ का सांसद डिएन लामा, पूर्व सभासद बालकृष्ण ढुङ्गगेल तथा आङ दावा शेर्पा, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष दोर्जी शेर्पा, टानका महासचिब आङ पेम्बा शेर्पा, हिमालयन साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा लगायत शेर्पा समुदायको संघ सस्थाका प्रतिनिधीको सहभागिता थियो ।



from Sherpa media Group Nepal http://bit.ly/2FAGuaN

No comments:

Post a Comment

Pages