दलित समुदायको विद्युत महशुल कार्यपालिका सदस्यले तिर्ने । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 15, 2019

दलित समुदायको विद्युत महशुल कार्यपालिका सदस्यले तिर्ने ।

माघ १–सोलुदुधकुण्ड नगर कार्यपालिका सदस्य सोनाम गल्जेन शेर्पाले राज्यबाट प्राप्त हुने सेवा सुविधाको रकम दलित समुदयाको विद्युत महशुस भुक्तानी गरिदिनुहुने भएको छ । राज्यबाट प्राप्त हुने सेवासुविधाको रकम वडा नम्बर ७ का दलित समुदायलाई विद्युत महसुल तिरिदिने घोषणा गर्नुभएको हो ।
पछाडी पारिएका तथा न्युन आर्थिक अवस्था भएका सिंगो वडाका ३२ घरधुरी दलित समुदायको महशुल आफुले राज्यबाट पाउने भत्ता तथा सुविधाको रकमबाट मासिक रुपमा भुक्तानी गरिदिने उहाँले बताउनुभयो । सोलुदुधकुण्ड नगरपालीका ७ गार्माका स्थानिय शेर्पाले मासिक १० हजार नगरपालिकाबाट सुविधा स्वरुप पाउने र त्यसमा बाकी रकम थप गरि १५ हजार रकम विजुलीको विल तिर्ने उद्घोष गर्नुभएको छ ।
नगर कार्यपालिका सदस्य शेर्पाले नगरप्रमुख नाम्गेलजाङबु शेर्पाको उपस्थितीमा एक भेलाको आयोजना गरि आफुले नगरपालीकाबाट पाउँने रकम दलित समुदायका लागी खर्च गर्ने घोषणा गर्नुभएको हो । समाजसेवी शेर्पाको यो घोषणासँगै गार्माका दलित समुदायले निशुल्क रुपमा विद्युत उपभोग गर्न पाउने भएका छन् । साथै वडामा आर्थिक कम्जोरीका कारण विद्युत पहुच बाहिर रहेका घरधुरीलाई विद्युत जडानको जिम्मेवारी आफुले लिने समेत उहाँले उद्धघोष गर्नुभयो ।
समाजसेवी शेर्पा करिब डेढ दशक देखि हिमालयन क्यियर फाउन्डेसन नामक गैरसरकारी सस्थांको नेतृत्व गर्दै समाज सेवामा कृयाशिल रहनुभएको छ । उहाँको सस्थाले जिल्लाको दुर्गम भेगका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पु¥याएको एक शिक्षक विनोद सिं तामाङले बताउनुभयो । समाजसेवी शेर्पाको सस्थां हिमालयन क्यियर फाउन्डेसनले सोलुखुम्बुका विभिन्न विद्यालयमा सहयोग गर्नुभएको छ । उक्त सस्थाले अपागं,अनाथ,गरिब बालबालीकाहरुलाई समेत सहयोग गर्दे आएको छ ।

soluFM

The post दलित समुदायको विद्युत महशुल कार्यपालिका सदस्यले तिर्ने । appeared first on .



from http://bit.ly/2FB6FNq

No comments:

Post a Comment

Pages