मिस टीन एण्ड मिस्टर टीन शेर्पा २०१९ को उपाधि मिङमार ल्हमु र तेन्जीङलाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 16, 2019

मिस टीन एण्ड मिस्टर टीन शेर्पा २०१९ को उपाधि मिङमार ल्हमु र तेन्जीङलाई

काठमाडौ – मिस टीन शेर्पा २०१९ को उपाधि मिङमार ल्हमु शेपाले प्राप्त गरेकी छिन् भने मिस्टर टीन शेर्पा तेन्जीङ शेर्पाले जीत हात पारेका छन । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै मिङमार ल्हमु शेर्पाले उपाधि जितेकी हुन् । तेन्जीङ शेर्पाले ९ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै जीत हात परेका हुन् ।

प्रतियोगितमा मिस टिन शेर्पा तर्फ छोडेन शेर्पा र ङिमाली शेर्पा क्रमशः फस्ट र सेकेण्ड रनरअप बनेका छन् भने मिस्टर टिन शेर्पा तर्फ क्रमशः छिरिङ शेर्पा र टासि छिरीङ शेर्पा फस्ट र सेकेण्ड रनर अप भए ।

मिस टिन शेर्पा २०१९ बिजेता मिङमार ल्हमु शेर्पा र तेन्जीङ शेर्पाले ताज सहित ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन । शेर्पा समुदाय भित्रका किशोर किशोरी छनौट गरिएको मिस एण्ड मिस्टर टिन शेर्पा प्रतियोगिताको पहिलो संस्करण हो । सन २०१९ देखि निरन्तर आयोजना गरिने र प्रतियोगितामा शेर्पा समुदायको किशोर किशोरीले भाग लिन पाउने आयोजक गौतम बुद्ध फिल्म्स प्रा.लि.का प्रवन्धक लाक्पा शेर्पा (अमोद) बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व सांसद जिपछिरिङ शेर्पा, विशेष अतिथि महानायक राजेश हमाल, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, टानका महासचिब आङ पेम्बा शेर्पा समेत सहभागी हुनुहुन्थ्यो । महानायक राजेश हमालले यस्ता कार्यक्रमले शेर्पा किशोर किशोरीहरुको व्यक्तित्व विकास हुने बताउनुभयो ।

The post मिस टीन एण्ड मिस्टर टीन शेर्पा २०१९ को उपाधि मिङमार ल्हमु र तेन्जीङलाई appeared first on .



from http://bit.ly/2FBESfU

No comments:

Post a Comment

Pages