किराती समुदायले उधौली र नेवार समुदायले योमरी पुन्ही पर्व मनाउदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, December 21, 2018

किराती समुदायले उधौली र नेवार समुदायले योमरी पुन्ही पर्व मनाउदै

काठमाडौ, पौष ७ । किराँत समुदायले आज आफ्नो महान पर्व उधौली मनाउँदैछन् ।
किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोल स्याँदर भनी मनाउने चलन रहेको छ ।
किराँत समूदायले आफुले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउने गर्छन् ।
किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ ।

नेवार समुदायले आजै योमरी पुन्ही पर्व मनाउदै
नेवार समुदायले योमरी पुन्ही पर्व मनाउदै हर्सोल्लासका साथ मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा रहेको छ ।
सोही परम्परा अनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भइ आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदानको रुपमा पनि लिने गरिएको छ । योमरी एक विशेष प्रकारको रोटी हो ।
योमरी पुन्हीका दिन गृहिणीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न ढिकुटी पूजा गरेर मात्र खाने चलनअनुसार यो पुन्ही मनाइन्छ ।

श्रोत यो हो टिभी

The post किराती समुदायले उधौली र नेवार समुदायले योमरी पुन्ही पर्व मनाउदै appeared first on .



from http://bit.ly/2CssQn4

No comments:

Post a Comment

Pages